तराईका अधिकांश भूभागमा हुस्सु र कुहिरो « Khabarhub

तराईका अधिकांश भूभागमा हुस्सु र कुहिरो


२५ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


261
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ ।

महाशाखाका अनुसार अहिले कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । तराईका अधिकांश भूभागहरूमा हुस्सु र कुहिरो लागेको छ।

आज मुलुकका पूर्वी तथा मध्य पहाडी भेगमा आंशिक बदली हुने सम्भावना छ । कोशी प्रदेशलगायत गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने बताइएको छ।

राति कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले बताएको छ।

केही दिन यता मुलुकभरको तापक्रम निरन्तर घट्दो क्रममा रहेकाले स्वास्थ्य सावधानी अपनाउन महाशाखाको आग्रह छ।

प्रकाशित मिति : २५ पुस २०८०, बुधबार  ६ : २० बजे

इटाली लगातार तेस्रो पटक विश्वकपमा छनोट हुन असफल : बोस्नियासँग पराजित हुँदा बाहिरियो

काठमाडौँ – विश्व फुटबलको महाशक्ति मानिने चार पटकको च्याम्पियन इटालीको

राजस्व बाँडफाँटबारे वित्त आयोग र शिवपुरी गाउँपालिकाबीच छलफल

नुवाकोट– संवैधानिक रूपमा सङ्घ, प्रदेश र स्थानीय तहको राजस्व बाँडफाँटको

चट्याङ लागेर एक जनाको मृत्यु, एक घाइते

बागमती – चट्याङ लागेर मकवानपुरको बागमती गाउँपालिकामा– १ भैसेमा एक

कांग्रेसभित्र बढ्दो असन्तुष्टि: सुदूरपश्चिम प्रदेश महामन्त्री शाहले त्यागे पार्टीको जिम्मेवारी

धनगढी – नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमितिका महामन्त्री एवं पूर्व

संसदीय मोर्चामा एमालेका सम्भावित कमान्डर ?

काठमाडौँ – नेकपा (एमाले) संसदीय दलको बैठक आज बस्दैछ ।