काराबाओ कप : मिडल्सबर्गसँग चेल्सी स्तब्ध « Khabarhub

काराबाओ कप : मिडल्सबर्गसँग चेल्सी स्तब्ध


२५ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


240
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काराबाओ कप फुटबलमा  च्याम्पियनसिप क्लब मिडल्सबर्गसँग इङ्लिस प्रिमियर लिग क्लब चेल्सी स्तब्ध बनेको छ ।

गएराति भएको सेमिफाइनलको पहिलो लेगमा चेल्सी मिडल्सबर्गसँग १–० गोलले पराजित भएको हो ।

मिडल्सबर्गका हेडेन ह्याक्नीले एक गोल गरेका थिए । खेलको ३७औँ मिनेटमा उनले गरेको गोल नै चेल्सीलाई हराउन पर्याप्त बनेको थियो ।

अब दोस्रो लेगको खेल २४ जनवरीमा हुनेछ । यस खेलमा स्पष्ट २–० को जित निकाल्न सके चेल्सी फाइनलमा पुग्नेछ ।

बराबरी र हारको नतिजाले चेल्सी सेमिफाइनलबाटै बाहिरिनेछ । १–० को जितले पनि फाइनल पुग्ने सम्भावना जीवित रहनेछ ।

मिडल्सब्रगलाई बराबरीको नतिजा नै फाइनल पुग्न पर्याप्त हुनेछ ।

अर्को सेमिफाइनलमा लिभपुरपुलले आज राति फुलहमसँग खेल्नेछ । फाइनल खेल वेम्बली रंगशालामा २५ फेब्रुअरीमा हुनेछ ।

प्रकाशित मिति : २५ पुस २०८०, बुधबार  ८ : १२ बजे

नीता आचार्यको नयाँ गीत ‘ए फूल ए जुन’ मा शिल्पा पोखरेलको अभिनय

काठमाडौँ – नीता आचार्यको नयाँ गीत ‘ए फूल ए जुन’

कांग्रेसमा थारूतर्फका तीन पदको मतगणना सुरु

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत थारू क्लस्टरका सहमहामन्त्री, खुला केन्द्रीय सदस्य

कांग्रेसमा ३५ वर्षमुनिका केन्द्रीय सदस्य को-को बने ?

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सात प्रदेशबाट ३५ वर्षमुनिका युवा खुला

ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

दाङ – ठगी मुद्दामा फरार रहेका तीन जना प्रतिवादीलाई प्रहरीले