कर्णालीको उत्थानमा योगदान गर्न आग्रह « Khabarhub

कर्णालीको उत्थानमा योगदान गर्न आग्रह


२५ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मानवअधिकार तथा शान्ति समाजले कर्णालीको उत्थानमा योगदान गर्न आग्रह गरेको छ ।

पर्साको वीरगञ्जमा पुस २० र २१ गते बसेको २६औँ राष्ट्रिय परिषद बैठकले कर्णालीको उत्थानमा योगदान गर्न र विकास निर्माणका दृष्टिले कर्णालीलाई नमुना बनाउन सम्वद्ध सबैमा आग्रह गरेको छ ।

समाजका कर्णाली प्रदेश सचिव प्रकाश शाहीले बैठकले सडक सञ्जालका रुपमा कर्णाली करिडोरले शिघ्र पूर्णता पाउनुपर्ने, करिडोरलाई उत्तरमा चीन सिमाना र दक्षिणमा भारत सिमानासँग जोड्नुपर्ने प्रस्ताव गरेको छ ।

यस्तै, कर्णालीमा हवाई सञ्जाल विस्तारसँगै सुलभ बनाउनु पर्ने, रोपवेको विकास र विस्तार,  जडिबुटी प्रशोधन लगायत औषधी कारखानाहरू स्थापना गर्नुपर्ने प्रस्ताव छ ।

यसैगरी, कर्णालीको जलस्रोतको समुचित सदुपयोग, रेडपाण्डा लगायत दुर्लभ, लोपोन्मुख जीव र बहुमूल्य जडिबुटीहरुको संरक्षणका लागि तीनै तहको सरकारले विशेष कार्ययोजना लागू गर्नुपर्ने विभिन्न खाले प्रकोपमा रहेका बस्तीहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्नुपर्नेलगायत प्रस्ताव गरिएको छ ।

राष्ट्रिय परिषदबाट पारित भएको ‘कर्णाली उत्थानमा आग्रह प्रस्ताव’ समग्र कर्णालीको विकाससँग जोडिएकाले यसलाई अभियानका रुपमा अगाडि बढाउने र सम्पूर्ण सरोकारवाला निकायसँग प्रस्तावलाई कार्यान्वयनका लागी आग्रह, अनुरोध गर्ने मानवअधिकार तथा शान्ति समाजका कर्णाली सचिव प्रकाश शाहीले जानकारी दिए ।

नेपालको कूल क्षेत्रफलको झण्डै १९ प्रतिशत क्षेत्रफल ओगटेको र १६ लाख भन्दा बढी  जनसंख्या रहेको कर्णाली प्रदेशमा जलस्रोत, जडिबुटी, प्राकृतिक संसाधन र पर्यटनको प्रचुर सम्भावना भए तापनि विकट कर्णाली क्षेत्रका नागरिकहरूको आर्थिक, सामाजिक अवस्था दयनीय छ ।

कर्णालीमा चार प्रतिशत बालबालिकाहरू शिक्षाको अधिकारबाट बञ्चित भएको र अहिले पनि कक्षा १० मा ५० प्रतिशत बालबालिकाहरू शिक्षाबाट बञ्चित भएको तथ्यांक सार्वजनिक भएको छ ।

कर्णालीमा नदीहरू छन्, तर खानेपानी आयोजना छैन । घरमा खानेपानीको धारा छैन । हुम्ला, डोल्पा, मुगु जुम्ला लगायत विकट हिमाली जिल्ला सदरमुकाममा हवाई यातायात छ तर हवाई भाडा अत्याधिक महँगो छ ।

कर्णालीको दूरदराजमा अझै पनि स्वास्थ्य सेवा उपलब्ध छैन । यसैगरी कर्णालीका ६० प्रतिशत भन्दा बढी बस्तीहरू विभिन्न प्रकोपको जोखिममा छन् ।

प्रकाशित मिति : २५ पुस २०८०, बुधबार  १० : २० बजे

संसदमा एमालेको प्रश्न : ‘कतै बालेनतन्त्र त हावी हुन आँटेको होइन ?’

काठमाडौँ– विपक्षी दल नेकपा एमालेले मुलुकमा कतै बालेन तन्त्र हावी

आफैँले बनाएको नियमावलीलाई लत्याउँदै संसद्‍मा विपक्षीको विरोध

काठमाडौँ– संसद्‍मा विपक्षी दलहरूले नियममा नै नभएको विषयलाई लिएर सदनमा

प्रधानमन्त्री उपस्थित नभए सदन चल्न दिँदैनौँ : कांग्रेस

काठमाडौँ– नेपाली कांग्रेसका सचेतक निश्कल राईले सरकारले सार्वजनिक गरेको नीति

प्रधानमन्त्री उपस्थित नभए सदन चल्न दिँदैनौँ : सांसद राई

काठमाडौँ– श्रम संस्कृति पार्टीका सांसद आरेन राईले प्रधानमन्त्री सदनमा उपस्थित

प्रधानमन्त्री जनताप्रति उत्तरदायी नभए सरकार बलियो हुँदैन : राप्रपा सचेतक ओली

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सचेतक खुस्बु ओलीले सदनमा