रामबहादुर बम्जनलाई सार्वजनिक गर्दै प्रहरी, घरबाट १६ देशका मुद्रा बरामद « Khabarhub

रामबहादुर बम्जनलाई सार्वजनिक गर्दै प्रहरी, घरबाट १६ देशका मुद्रा बरामद


२५ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


7.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अनुयायी बेपत्ता पारेको आरोप लागेका रामबहादुर बम्जनलाई प्रहरीले जिल्ला प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले आज सार्वजनिक गर्ने भएको छ । त्यसपछि उनलाई आजै सर्लाही पठाउने प्रहरीको तयारी छ ।

जिल्ला अदालत, सर्लाहीबाट उनीविरुद्ध पक्राउ पूर्जी जारी भएकाले पहिले त्यहाँ हाजिर गराउने सिआइको तयारी छ ।

उनलाई प्रहरीले हिजो बुढानिलकण्ठबाट पक्राउ गरेको थियो । बम्जनविरुद्ध सर्लाहीकी २९ वर्षीया रिता बोटलाई बेपत्ता पारेको आरोपमा उनकी आमाले २०७५ सालमा किटानी जोहरी दिएकी थिइन् ।

बम्जनमाथि बाराका सुरेशकुमार आले मगर, नुवाकोटकी कर्मा तामाङ, मकवानपुरकी फुलमाया रुम्बा, सुरेश आले मगर र सञ्चमान बाइला बेपत्ता पारेको अभियोग पनि छ । सर्लाहीस्थित आश्रममा बलात्कार भएको भन्दै बम्जनमाथि उजुरी परेको थियो ।

हिजो पक्राउ परेका बम्जनको घरमा विभिन्न १६ मुलुकका मुद्रा भेटिएको सिआईबीले जनाएको छ । उनको घरबाट ३ करोड ३४ लाख बढी नेपाली रुपैयाँ बरामद भएको सिआइबीले जनाएको छ ।

बम्जनको घरबाट २० वटा मोबाइल, दुई वटा ल्यापटप र १५ वटा पेनड्राइभ पनि बरामद गरेको सिआइबीले जनाएको छ ।

यो पनि…
‘तपस्वी’ रामबहादुर बम्जन पक्राउ

प्रकाशित मिति : २५ पुस २०८०, बुधबार  १२ : ०० बजे

आजको मौसम : तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अफ्रिका कप : नाइजेरियाको विजयी सुरुवात

काठमाडौं – नाइजेरियाले अफ्रिका कप नेसन्समा विजयी सुरुवात गरेको छ।

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका