रामबहादुर बम्जनलाई सार्वजनिक गर्दै प्रहरी, घरबाट १६ देशका मुद्रा बरामद « Khabarhub

रामबहादुर बम्जनलाई सार्वजनिक गर्दै प्रहरी, घरबाट १६ देशका मुद्रा बरामद


२५ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


7.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अनुयायी बेपत्ता पारेको आरोप लागेका रामबहादुर बम्जनलाई प्रहरीले जिल्ला प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले आज सार्वजनिक गर्ने भएको छ । त्यसपछि उनलाई आजै सर्लाही पठाउने प्रहरीको तयारी छ ।

जिल्ला अदालत, सर्लाहीबाट उनीविरुद्ध पक्राउ पूर्जी जारी भएकाले पहिले त्यहाँ हाजिर गराउने सिआइको तयारी छ ।

उनलाई प्रहरीले हिजो बुढानिलकण्ठबाट पक्राउ गरेको थियो । बम्जनविरुद्ध सर्लाहीकी २९ वर्षीया रिता बोटलाई बेपत्ता पारेको आरोपमा उनकी आमाले २०७५ सालमा किटानी जोहरी दिएकी थिइन् ।

बम्जनमाथि बाराका सुरेशकुमार आले मगर, नुवाकोटकी कर्मा तामाङ, मकवानपुरकी फुलमाया रुम्बा, सुरेश आले मगर र सञ्चमान बाइला बेपत्ता पारेको अभियोग पनि छ । सर्लाहीस्थित आश्रममा बलात्कार भएको भन्दै बम्जनमाथि उजुरी परेको थियो ।

हिजो पक्राउ परेका बम्जनको घरमा विभिन्न १६ मुलुकका मुद्रा भेटिएको सिआईबीले जनाएको छ । उनको घरबाट ३ करोड ३४ लाख बढी नेपाली रुपैयाँ बरामद भएको सिआइबीले जनाएको छ ।

बम्जनको घरबाट २० वटा मोबाइल, दुई वटा ल्यापटप र १५ वटा पेनड्राइभ पनि बरामद गरेको सिआइबीले जनाएको छ ।

यो पनि…
‘तपस्वी’ रामबहादुर बम्जन पक्राउ

प्रकाशित मिति : २५ पुस २०८०, बुधबार  १२ : ०० बजे

ट्रम्प र सी जिनपिङको वार्तामा हुनेछ व्यापार र एआईबारे निर्णायक छलफल

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार चिनियाँ राष्ट्रपति सी

ह्वाइट हाउसमा सी, ट्रम्पले भने : आजको हाम्रो निर्णयले दशकौँसम्म शान्ति प्रवर्द्धन गर्न सक्छ

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी

१० हजार मिटर दौडमा सन्तोषी ११औँ स्थानमा

काठमाडौं ।  सन्तोषी श्रेष्ठले एसियाली खेलकुदको महिला १० हजार मिटर

ट्रम्प र सीबीच वार्ता जारी

काठमाडौँ । डोनाल्ड ट्रम्प र सी चिनफिङबिच ओभल अफिसमा द्विपक्षीय

परराष्ट्रमन्त्री खनाल ‘मध्यस्थता समूह’को बैठकमा सहभागी

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय ‘मध्यस्थता समूह’को बैठकमा