भारतीय दूतावासलाई २० करोड खर्च गर्न दिने सम्झौता राष्ट्रघात : सचेतक बर्तौला « Khabarhub

भारतीय दूतावासलाई २० करोड खर्च गर्न दिने सम्झौता राष्ट्रघात : सचेतक बर्तौला


२५ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा एमालेका सचेतक महेशकुमार बर्तौलाले भारतीय दूतावासलाई नेपालमा सिधै २० करोड रुपैयाँ खर्च गर्न दिने सम्झौता राष्ट्रघात भएको बताएका छन् ।

आज सिंहदरबारमा बसेको कानुन,न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले सरकारले गरेको सम्झौता संविधानको धारा ५ बमोजिम नरहेको दाबी गरे ।

उनले प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रश्न गर्दै भने, ‘नेपालको संविधानको धारा ५ बमोजिमको अहिलेको सम्झौता हो ? नेपालको स्वाधिनता, सार्वभौम सत्ता, राष्ट्रिय स्वतन्त्रता, स्वाभिमानलाई जोगाउने गरी यो सम्झौता भएको छ र यो कुरा ठोकुवाका साथ भन्न सक्नुहुन्छ ? सम्झौतप्रति तपाई गर्व गर्दै हुनुहुन्छ तर यो सम्झौताले राष्ट्रघात भएको छ । स्वाभिमानको जरा काट्ने काम भएको छ ।’

यो सम्झौताले नेपालको स्वाधिनता, सार्वभौम सत्ता, राष्ट्रिय स्वतन्त्रता, स्वाभिमानप्रति बेइमानी गरेको सचेतक बर्तौलाले बताए । भारत सरकारसँग भएको सम्झौताको प्रतिलिपी सांसदहरूले पाउनुपर्ने उनको माग छ ।

 

प्रकाशित मिति : २५ पुस २०८०, बुधबार  २ : १२ बजे

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई

पोखरा स्कुल बस दुर्घटना : प्राविधिक खराबी र तीव्र गति

कास्की – पोखरा महानगरपालिका–२८ माझठानास्थित ओख्लेमा गत असोज २३ गते

सरकारद्वारा साइबर सुरक्षा एड्भाइजरी जारी

काठमाडौं – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले साइबर सुरक्षा एड्भाइजरी गरेको

भौतिक पूर्वाधार निर्माणका लागि चीनद्वारा उपकरण प्रदान

ताप्लेजुङ – चीन सरकारको अनुदान सहयोगस्वरूप ताप्लेजुङको मेरिङदेन गाउँपालिकालाई स्काभेटर

कुरियरमार्फत ल्याइएको गाँजासहित दुई भारतीय पक्राउ

काठमाडौं – लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले अमेरिकाबाट कुरियरमार्फत ल्याइएको