भारतले एकपक्षीय रूपमा निर्णय गर्न पाउँदैन : प्रधानमन्त्री दाहाल « Khabarhub

भारतले एकपक्षीय रूपमा निर्णय गर्न पाउँदैन : प्रधानमन्त्री दाहाल


२५ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतीय पक्षलाई एकपक्षीय रूपमा आयोजना छनौट गर्न र कार्यान्वयन गर्न सुविधा नदिएको स्पष्ट पारेका छन् ।

बुधबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा प्रधानमन्त्री प्रचण्डले भारतीय दूतावासले सिधै २० करोड रुपियाँ नेपालमा खर्च गर्न पाउने सम्झौतामा भारतीय पक्षलेमात्रै निर्णय गर्न सक्ने गरि सुविधा नदिएको स्पष्ट पारेका हुन् । उनले आयोजना कार्यान्वयनको नियमित अनुगमन गर्ने र अद्यावधिक समीक्षासमेत नेपाल सरकारकै संयन्त्रबाट हुने भएकाले धेरै तनाव लिनुपर्ने कारण नरहेको जिकिर गरे ।

भौतिक पूर्वाधार तथा सामाजिक पूर्वाधारका आयोजनामा भारतीय सहयोग उपलब्ध हुने र यस्ता आयोजनाहरू सरकारी निकायबाट सञ्चालन हुनसक्ने उनले बताए । त्यस्तै प्रधानमन्त्री प्रचण्डले गाउँपालिकामा सञ्चालन हुने भएमा आयोजना सञ्चालन गर्ने निकायले ५ प्रतिशत र नगरपालिकामा सञ्चालन हुने भएमा १० प्रतिशत लागत साझेदारी गर्नुपर्ने व्यवस्था रहेको जिकिर गरे । उनले दश वर्षमा १० हजार मेगावाट बराबर विद्युत भारतमा निर्यात गर्ने सम्झौताले नेपाल र भारतबीच दीर्घकालमा विद्युत व्यापारको ढोका खुलेको बताए ।

उनले नेपाल विद्युत प्राधिकरण र भारतको एनटीपीसी संस्थासँग एक आपसमा क्षमता विकासका कार्य गर्ने र तालिम लगायतका कार्यक्रम सञ्चालन गर्ने गरी सम्झौता भएको जानकारी दिएका छन्  । 

प्रकाशित मिति : २५ पुस २०८०, बुधबार  २ : ४९ बजे

मुलुकको विकासका लागि सकारात्मक सोच आवश्यक : सभामुख अर्याल

काठमाडौं– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले मुलुकको विकासको यात्रालाई अघि बढाउन

शशांकले भने- बीपीले शेरबहादुरलाई ‘पश्चिमको राजकुमार’ भन्नुहुन्थ्यो, उहाँ आएपछि भेला सफल भयो

काठमाडौं– नेपाली कांग्रेसका नेता शशांक कोइरालाले नेपाली कांग्रेसलाई एकजुट बनाउने

खगेन्द्रको भनाइबारे गृहमन्त्रीले भने- उजुरीको भरमा कोही न्यायाधीश नबनौँ, सरकारको स्पिरिटमा प्रहरी खटेको छ

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले मन्त्रालयका सचिव र प्रहरी प्रमुखमाथि लेखा

‘हामी महाधिवेशनमा गइसक्यौँ, देउवा समूहको भेलाले पार्टीलाई असर पुर्‍याउनु हुँदैन’

काठमाडौं– नेपाली कांग्रेसकी उपसभापति पुष्पा भुसालले पूर्वसभापति शेरबहादुर देउवा समूहले

राजावादीमा फुटको रोग : दुई महिनामै धवलले दुर्गालाई छोडेर दर्ता गरे पार्टी

काठमाडौं– राजतन्त्रवादी राजनीतिमा पुनः एकपटक विभाजन र ध्रुवीकरण देखिएको छ।