कोशी प्रदेशसभाको चौथो अधिवेशन अन्त्य « Khabarhub

कोशी प्रदेशसभाको चौथो अधिवेशन अन्त्य


२५ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

विराटनगर– कोशी प्रदेश प्रमुख परशुराम खापुङले प्रदेशसभाको चौथो अधिवेशन अन्त्य गरेका छन् ।  कोशी प्रदेश मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले प्रदेशसभाको चालू चौथो तथा हिउँदे अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुख खापुङसमक्ष सिफारिस गरेको थियो । 

सोही सिफारिसका आधारमा प्रमुख खापुङले २५ पुस बुधबार मध्यराति १२ बजेदेखि लागू हुने गरी कोशी प्रदेशसभाको चौथो अधिवेशन अन्त्य गरेका हुन् । 

यसअघि बसेको कोशी मन्त्रिपरिषद् बैठकले  राष्ट्रिय दलित आयोगको तेस्रो वार्षिक प्रतिवेदन २०८९-०८० को प्रदेशसभामा पेश गर्ने, कोशी प्रदेश कर तथा गैर कर सम्बन्धी विधेयक मस्यौदा तर्जुमाका लागि सैद्धान्तिक सहमति प्रदान गर्ने निर्णय भएको प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक तथा कानूनमन्त्री शमशेर राईले बताएका छन् ।

यस्तै, स्थानीय तह मातहतबाट प्रदेशमा हस्तान्तरण भएर आए पनि मदन भण्डारी ट्रमा अस्पताल मंगलबारेका कर्मचारीहरू स्थानीय तहमा नै रहेकाले समायोजन, व्यवस्थापन तथा संशोधनका सिफारिस गर्ने निर्णय भएको प्रवक्ता राईले बताएका हुन् ।

प्रकाशित मिति : २५ पुस २०८०, बुधबार  ४ : १० बजे

उद्यमशीलताको विकास : युवा योजना र राज्यको सहजीकरण

राज्यले आफू पुग्ने गन्तव्यलाई प्राथमिकतामा राखेर अघि बढ्न नसकेको र

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौं– सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा नियुक्तिका लागि

बैतडीमा मिनी ट्रक दुर्घटना, चालकको मृत्यु

बैतडी– जिल्लाको सुर्नया गाउँपालिका–५ कठेगौँडमा गए राति मिनी ट्रक दुर्घटना

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौं– बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको छ

नदी कटान नियन्त्रण आयोजना निर्माण सुरु

म्याग्दी– बेनी नगरपालिका–८ कालीपुल र पर्वतको जलजला गाउँपालिका–३ बगरफाँटको सिमाना