टर्की पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ « Khabarhub

टर्की पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ


२५ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


630
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– टर्की पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) घर   भई हाल सोही जिल्ला (बर्दघाट सुस्ता पूर्व) देवचुली बस्ने २६ वर्षीय महेश तामाङ रहेका छन् ।

तामाङले रमेश थापा समेत ३ जनालाई वैदेशिक रोजगारीको लागि टर्की पठाइदिन्छु त्यसको लागि प्रतिव्यक्ति ४ लाख ५० हजार रुपैयाँ लाग्छ र टर्की पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाइदिन्छु जहाँ मासिक १ लाख रुपैयाँ तलब हुन्छ भनी प्रलोभनमा पारी पटक पटक गरी ५ लाख ५० हजार रुपैयाँ ठगी गरेकोमा वैदेशिक रोजगार विभागबाट काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा पक्राउ गरी उपस्थित गराउन भनी पत्राचार भएकोमा इलाका प्रहरी कार्यालय नवलपरासी (पूर्व)सँग समन्वय गरी महेश तामाङको खोजतलास गर्ने क्रममा मंगलबार नवलपरासी (पूर्व) देवचुली नगरपालिका- १७ बाट पक्राउ गरिएको हो ।

उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २५ पुस २०८०, बुधबार  ५ : ५४ बजे

ललितपुर महानगरको बजेट सात अर्ब ४८ करोड

ललितपुर – ललितपुर महानगरले आर्थिक वर्ष २०८३/२०८४ को लागि सात

पासपोर्टबिना नेपालमा बस्दै आएका २४ बङ्गलादेशी नागरिक पक्राउ

काठमाडौं – नेपालमा गैरकानुनी रूपमा बसोबास गर्दै आएका २४ जना

धौलागिरिको ४८ करोड ५२ लाखको बजेट पारित

म्याग्दी – म्याग्दीको धौलागिरि गाउँपालिकाले पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै आगामी

चीनसँग विज्ञान–प्रविधि सहकार्य अघि बढाउने तयारी, मन्त्री पुन र चिनियाँ राजदूतबीच छलफल

काठमाडौं– विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुन र नेपालका