जनताको लागि मिसन बनाएर हिँडिरहेका छौँ : परराष्ट्रमन्त्री साउद « Khabarhub

जनताको लागि मिसन बनाएर हिँडिरहेका छौँ : परराष्ट्रमन्त्री साउद


२५ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले जनताको सेवाका लागि मिसन बनाएर हिँडिरहेको बताएका छन् ।

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा पर्ने झलारीमा बुधबार आयोजित नेपाल दलित संघको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । 

उनले भने ‘अन्य पार्टीहरूले मिसन ८४ भनिरहेका छन्, कांग्रेस पार्टीमात्रै मिसन ८०, ८१ बनाएर दैनिक जनताको सेवामा हिँडिरहेको छ,’ ।

मन्त्री साउदले अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेको समेत बताए। साउदले दलित समुदायलाई संविधानले संरक्षण गरेको समेत बताए । उनले दलित समुदाय देशभर छरिएर रहेकाले वर्गीय प्रतिनिधित्व कम भएको समेत बताए । 

आर्थिक कारणबाट दलित समुदाय त्यसमाथि पनि महिलाहरू पछाडि परिरहेको भन्दै मन्त्री साउदले संविधानले दलित समुदायलाई संरक्षण गरेको बताए । महिला सशक्तीकरण बलियो हुँदै गएको मन्त्री साउदको भनाई थियो। 

उनले कञ्चनपुरका आरक्षपीडितको समस्या समाधानका लागि सरकारले काम गरिरहेको पनि बताए । परराष्ट्रमन्त्री साउदले डुबानको समस्या समाधानका लागि आफूले अर्बौँको परियोजनाबाट दीर्घकालीन रुपमा नदी नियन्त्रणका लागि काम गरिरहेको पनि बताए । 

प्रकाशित मिति : २५ पुस २०८०, बुधबार  ६ : ३४ बजे

आज २०८३ साल वैशाख २४ गते बिहीबारको राशिफल

काठमाडौँ – आज २०८३ साल वैशाख २४ गते बिहीबार ।

चुँदीरम्घालाई साहित्यिक पर्यटनको केन्द्र बनाइने

तनहुँ । भानु नगरपालिका–४ चुँदीरम्घालाई सप्तधामका रुपमा विकास गरी साहित्यिक

स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी पदमुक्त

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका १९३ पदाधिकारी पदमुक्त भएका

केपी ओलीले फिर्ता गरे दोहोरो सुविधाको गाडी

काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले दोहोरो सुविधाबापत्

इरान र अमेरिकाबीचको युद्ध अन्त्यको संकेत

काठमाडौं । इरान र अमेरिका युद्ध अन्त्यको सहमति नजिक पुगेका