कोशी टप्पुमा चरा गणना « Khabarhub

कोशी टप्पुमा चरा गणना


२५ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

इनरुवा – कोशीटप्पु वन्यजन्तु आरक्षमा आजदेखि चरा गणना थालिएको छ । आरक्ष तथा सुनसरीको विभिन्न सिमसार क्षेत्रमा जलपन्छीको गणना गर्न सुरु गरिएको हो ।

आरक्षका संरक्षण अधिकृत रमेशकुमार यादवका अनुसार बराहक्षेत्रको चतरा, आरक्ष क्षेत्र, सप्तरी, उदयपुर, सुनसरीको बर्जुताल र इटहरीस्थित बेतना सिमसार क्षेत्रमा जलपन्छीको गणना गरिनेछ । कोशी पन्छी समाजको आयोजना तथा मिड विन्टर वाटर बर्ड काउन्टको सहयोगमा जलपन्छी गणना थालिएको हो । गणना गर्ने कार्य पाँच दिनसम्म चल्ने संरक्षण अधिकृत यादवले बताए ।

गणनामा चराविज्ञ तथा संरक्षणकर्मीसहित चरा गणना राष्ट्रिय संयोजक डा हेमसागर बरालको समेत सहभागिता रहेको छ । राष्ट्रिय निकुञ्ज विभागको नेतृत्व र कोशीटप्पु वन्यजन्तु आरक्षको समन्वयमा चरा गणना गरिँदै छ ।

आरक्ष क्षेत्रमा रहेको सिमसार क्षेत्र, ताल र साना खोल्सा सुक्दै गएका कारणले चराको बासस्थान घट्दै गएको छ । गत वर्ष कोशीटप्पु क्षेत्रमा सात हजार छ सयको सङ्ख्यामा जलपन्छी गणना गरिएको थियो ।

प्रकाशित मिति : २५ पुस २०८०, बुधबार  १० : ५२ बजे

देउवा दाइहरू पार्टीमा आउने सम्भावना सकियो, गगन थापाको विकल्प छैन : गुरु घिमिरे

काठमाडौं- नेपाली कांग्रेसले यही १६ गतेबाट १५औं महाधिवेशन आयोजना गर्दैछ

चितवन कारागारमा ६९ जना दीर्घ तथा जटिल रोगी

नारायणगढ – भरतपुरस्थित कारागार कार्यालय चितवनमा रहेका ७६१ बन्दीमध्ये ६९ जना

शिक्षामन्त्री पोखरेलसँग रसियाका राजदूतको शिष्टाचार भेट

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग नेपालका लागि रसियाका राजदूत

प्रतिनिधिसभा : सामाजिक सुरक्षासम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

काठमाडौं– प्रतिनिधिसभाको बैठकले ‘महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र

बाढीपहिरो प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत र सडक सञ्चालन गर्न सांसदको माग

काठमाडौं– असोजः सांसदहरूले लगातारको वर्षाका कारण विभिन्न जिल्लामा भएको बाढीपहिरोबाट प्रभावितको