इजराइली सेनाद्वारा ‘अनजानमा’ लडाकूको शरीरमाथि गाडी चलाएको स्वीकार « Khabarhub

इजराइली सेनाद्वारा ‘अनजानमा’ लडाकूको शरीरमाथि गाडी चलाएको स्वीकार


२५ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

जेरुसेलम – यसै साताको प्रारम्भमा कब्जा गरिएको पश्चिम किनारमा भएको बन्दुक युद्धमा आफ्नो सवारी ‘अनजानमा’ एक प्यालेस्टिनी लडाकूको शरीरमाथि चलेको इजराइली सेनाले बुधबार बताएको छ ।

सोमबार तुल्कारेम सहरमा मारिएका लडाकूमाथि सैन्य गाडी चलेको सामाजिक सञ्जाल फुटेजले सार्वजनिक गरेपछि प्यालेस्टिनी अधिकारीहरूले इजराइलले ‘क्रुर अपराध’ गरेको आरोप लगाएका छन् ।

सेनाले आतङ्कवाद विरोधी अभियानमा प्रहरीको सहयोग गर्दा गोलाबारी भएको र तीन ‘आतङ्कवादी’ को मृत्यु भएको बताएको छ ।

इजराइली सेनाले भनेको छ, “भिडियोमा जुन अपरेसनल सवारी देखिएको छ, त्यसलाई गोलाबारीमा फसेका सेनालाई निकाल्नका लागि पठाइएको थियो र अनजानमा सवारी आतङ्कवादीको शरीरमाथि चढ्यो ।”

सेनाले के भएको थियो भन्नेबार समीक्षा गर्ने उल्लेख गर्दै भिडियोले घटनालाई समग्ररूपमा नदेखाएको बताएको छ । सामाजिक सञ्जालमा साझा गरिएको सोमबारको घटनाको फुटेज सुरक्षा क्यामेराबाट लिएको जस्तो देखिन्छ र एउटा बख्तरबन्द गाडी निर्जीव शरीरमाथि विस्तारै गुडेको देखाइएको छ ।

सवारी फेरि रोकिन्छ र फेरि गुड्दै आफ्नो पछाडिको चक्काले शरीरलाई पुनः कुल्चँदै अगाडि बढ्छ । सोही क्यामेरबाट लिइएको अन्य फुटेजमा इजराइली बल र लडाकू समूहबिच गोलाबारी भएको देखाइएको छ ।

प्रकाशित मिति : २५ पुस २०८०, बुधबार  ११ : ०३ बजे

कप्तानगञ्ज घटनाको विरोध चर्किएपछि सिरहाको लहानमा पनि अनिश्चितकालीन कर्फ्यु

काठमाडौं- कप्तानगञ्ज घटनालाई लिएर प्रदर्शन चर्किएपछि सुरक्षा अवस्थालाई ध्यानमा राख्दै

सुनसरी घटनाबारे पूर्वराजाले भने : सबै नेपाली मिलौँ, अहिलेको आवश्यकता यही हो

काठमाडौं- पूर्वराजा ज्ञानेन्द्र वीरविक्रम शाहदेवले सुनसरीमा भएको साम्प्रदायिक तनावप्रति दुःख

सिरहाको गोलबजारमा गोली लागेर एक युवकको मृत्यु, अन्य केही गम्भीर घाइते

काठमाडौं- कर्फ्यु आदेश जारी भएपछि पनि तनाव चुलिएका बेला सिरहाको गोलबजारमा

मनिष झाले आफ्नै सरकारको आलोचना गर्दै भने : सुरक्षा संवेदनशीलतालाई सम्बोधन गर्न सकेन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सांसद मनिष झाले सुरक्षा संवेदनशीलतालाई संघीय

मेगा बजेट फिल्म ‘रामायण’को ट्रेलर सार्वजनिक, राम–रावण बनेका रणवीर-यशको टकराव

काठमाडौं – मेगा बजेटका कारण चर्चामा रहेको नायक रणवीर कपुर