विद्यालय हाताभित्र राजनीतिक गतिविधि गर्न रोक « Khabarhub

विद्यालय हाताभित्र राजनीतिक गतिविधि गर्न रोक


२६ पुस २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ– ताप्लेजुङको सिरीजङ्घा गाउँपालिकाले विद्यालय हाताभित्र राजनीतिक गतिविधि गर्न रोक लगाएको छ ।

विद्यालय शान्ति क्षेत्र घोषणा राष्ट्रिय ढाँचा कार्यान्वयन निर्देशिका २०६८ जारी भए पनि गाउँपालिकाभित्र शैक्षिक क्षेत्र प्रभावित हुने गतिविधि नरोकिएकाले गाउँपालिकाले कडाइका साथ लागू गर्ने निर्णय गरेको छ ।

विद्यालय हाताभित्र वा विद्यालयको सम्पत्ति प्रयोग गरी राजनीतिक दल वा दलसम्बद्ध सङ्गठन निर्माण, आमसभा, गोष्ठी, बैठक, सभासम्मेलन गर्न नपाइने गाउँपालिकाले जनाएको छ ।

सो निर्देशिकालाई पूर्णरुपमा लागू गर्न गाउँपालिकाले आर्थिक वर्ष २०८०–०८१ को नीति तथा कार्यक्रममा स्पष्ट व्यवस्था गरेको जनाउँदै विद्यालय क्षेत्रमा राजनीतिक गतिविधि रोक्न थप कडाइका साथ लाग्ने निर्णय गरेको छ ।

गाउँपालिकाले हालै सूचना जारी गर्दै विद्यालय शान्ति क्षेत्र ढाँचा कार्यान्वयनमा उल्लेख भएअनुसार कुनै पनि समूहद्वारा विद्यालय, विद्यार्थी, शिक्षक, कर्मचारी, विद्यालय व्यवस्थापन समितिलाई प्रभाव पार्ने गरी हातहतियार देखाउने, त्रास फैलाउने, कुटपिट गर्ने, विद्यालय बन्द गराउने, बल प्रयोग गर्ने, धम्की दिने, चन्दा आतङ्क मच्चाउनेलगायतका गतिविधिमा कडाइका साथ पूर्णरुपमा रोक लगाउने निर्णय भएको र सोहीअनुसार गर्न गराउन सचेत गराएको छ ।

विद्यालय क्षेत्रलाई शान्त र बालमैत्री बनाउन गाउँपालिकाको उक्त निर्णयलाई कडाइका साथ कार्यान्वयन गराउन स्थानीय तह, विद्यालय, राजनीतिक दल, दल सम्वद्ध सङ्घसंस्था र शैक्षिक पेसागत सङ्घङ्गठनलाई गाउँपालिकाले आग्रहसमेत गरेको छ ।

प्रकाशित मिति : २६ पुस २०८०, बिहीबार  ७ : १३ बजे

चौध लाख बराबरको अवैध सामान बरामद

पर्सा – सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वाटर

हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

काठमाडौं – शरद ऋतुमा ३१ हिमाल आरोहणका लागि एक हजार

विदेशी लगानीमा माल्दिभ्सको कडाइ, २५ प्रतिशत स्थानीय स्वामित्व अनिवार्य

माले – माल्दिभ्सले विभिन्न क्षेत्रमा विदेशी लगानीसम्बन्धी नियम कडा बनाएको

संसदीय सुनुवाइ : दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

काठमाडौं – संसदीय सुनुवाइ समितिले १० जना प्रस्थावित राजदूतको नाम

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी