शीतलहरले सुदूरपश्चिमको जनजीवन कष्टकर, तरकारीबालीमा डढुवा रोग « Khabarhub

शीतलहरले सुदूरपश्चिमको जनजीवन कष्टकर, तरकारीबालीमा डढुवा रोग


२६ पुस २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

सुदूरपश्चिम– शीतलहरसँगै बढेको चिसोले कैलाली, कञ्चनपुरसहितका जिल्लाको जनजीवन कष्टकर बनेको छ ।

लगातारको हुस्सु, कुहिरो एवं जाडोले जनजीवन कष्टकर बनेको हो । विशेषगरी  चिसोबाट वृद्धवृद्धा, बालबालिका र दैनिक मजदुरी गरेर जीविका चलाउने बढी प्रभावित भएका छन् ।

प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले चिसो बढेपछि सार्वजनिकस्थलमा आगो ताप्न चाहने सर्वसाधारणका लागि दाउराको व्यवस्थापन गर्न मातहतका वन कार्यालयलाई निर्देशन दिएको छ ।

शीतलहरका कारण डढुवा रोगले आलु, गोलभेँडा लगायत तरकारी बालीमा समस्या देखिएको छ । ‘तीन दशक अघिसम्म यस्तो समस्या थिएन, जलवायु परिवर्तनका कारण यस्तो समस्या देखिएको हुनसक्छ’, कैलालीका किसान नारायण चौधरीले भने, ‘आलु गोलभेँडाको व्यावसायिक खेतीमा लागेकालाई यो रोगले निरुत्साहित बनाएको छ ।’

जिल्लामा तरकारी खेती व्यावसायिक खेतीको क्षेत्रफल विस्तार हुँदै गए पनि बर्सेनि पुस महिनामा देखिने डढुवा रोगको समस्याबाट बाली जोगाउन मुस्किल हुने गरेको उनको अनुभव छ ।

किसान वीरबहादुर चौधरी यो रोगबाट जोगाउन कतिपय किसानले ‘टनेल’ बनाएर गोलभेँडालगायतको तरकारी बालीको खेती गर्ने गरेको बताए टनेलको व्यवस्थापन गर्न नसक्नेले विषादी छर्किनुपर्ने हुन्छ ।

प्रत्येक सात–आठ दिनको फरकमा ढुसीनाशक विषादी छर्किन सकेमा मात्र बाली जोगाउन सकिने सल्लाह कृषि प्राविधिकको छ । डढुवाको जोखिम बढेपछि धेरै किसान यति बेला विषादी छर्किन थालेका छन् ।

हप्ता दिनको फरकमा विषादी छर्किनुपर्दा आलु गोलभेँडालगायतको बालीको उत्पादन लागत खर्च बढ्ने गर्छ । एउटै बालीमा पटक पटक विषादी किनेर छर्किनका लागि कमजोर आर्थिक अवस्था भएकालाई बाली जोगाउनै मुस्किल हुने गरेको साना र विपन्न किसानको भनाइ छ । पटक पटक विषादी छर्किंदा लागत खर्च धेरै पर्ने गरेको गुनासो उनीहरूको छ ।

रातिको तापक्रम तीन डिग्री सेल्सियसभन्दा तल जाने  र आर्द्रता बढ्न गई शीत पर्ने र चिसो मौसमको सुषुप्त अवस्थामा रहने ढुसी सक्रिय हुने भई बोटमा डढुवा रोगको सङ्क्रमणको समस्या देखिने गरेको कृषि प्राविधिक बताउँछन् । यो रोग लागेमा आलु, गोलभेँडाको पात, डाँठ र लागेको फल सडेर जान्छ ।

लामो समयसम्म हुस्सु र कुहिरो लागेर धेरै चिसो मौसम भइरहँदा ओसिलो जग्गामा गरिएको आलु गोलभेँडालगायतको बालीमा डढुवा सङ्क्रमणको समस्या बढी देखिने गरेको कृषि प्राविधिक खगेन्द्रप्रसाद शर्माले बताए ।

यसका लागि क्रिनोसिल गोल्ड, मेटाल्याक्जेल, एक्रोप्याट वा सेन्टिन नामको ढुसीनाशक विषादीको पाउडर प्रतिलिटर पानीमा डेढ ग्राम मिसाएर बनाइएको झोल एक हप्ताको फरकमा छर्किन सकेमा यो रोगबाट बाली बचाउन सकिने उनको भनाइ छ ।

प्रकाशित मिति : २६ पुस २०८०, बिहीबार  ८ : ०६ बजे

काठमाडौं-१ मा रञ्जु दर्शनाको घरदैलो (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार रञ्जु दर्शनाले काठमाडौं निर्वाचन क्षेत्र

एआई पूर्वाधारमा भारतको दुई खर्ब डलर रणनीतिक पहल

नयाँदिल्ली– आर्टिफिसियल इन्टेलिजेन्स(एआई) को विश्वव्यापी प्रतिस्पर्धा तीव्र बन्दै गइरहेका बेला भारतले

डब्लुएचओद्वारा नेपाललाई दुई मेडिकल ग्यास एनालाइजर हस्तान्तरण

काठमाडौं– विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई दुई

करिब १ हजार १ सय १५ किलो गाँजासहित सुनसरी र पर्साबाट तीन जना पक्राउ

काठमाडौं– सुनसरीको धरान उपमहानगरपालिका-२० बरडाँडाबाट अवैध लागूऔषध गाँजा करिब ९ सय ५५

काठमाडौंमा बढ्दै छ वायु प्रदूषण, सचेत रहन आग्रह

काठमाडौं– काठमाडौँ उपत्यकामा वायु प्रदूषण बढेको छ । सोमबार मध्याह्नमा