दूधको भुक्तानी समयमै गर्न किसानको माग « Khabarhub

दूधको भुक्तानी समयमै गर्न किसानको माग


२६ पुस २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


237
Shares
  • change font
  • change font
  • change font

चितवन– चितवनका किसानले दूधको भुक्तानी समयमै गर्न माग गरेका छन् । बुधबार भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरेर उनीहरूले दूध बिक्री गरेको पैसा नपाउँदा पलायन हुनुपर्ने अवस्था आउन लागेको गुनासो गरेका छन् ।

उनीहरूले सम्बन्धित निकाय समक्ष विभिन्न पाँच बुँदे माग समेत राखेका छन् । ती मागमा सहुलियत ऋण सुलभ तरिकाले प्रदान गर्नुपर्ने, बीमामा देखिएको समस्यामा तत्काल सम्बोधन हुनुपर्ने, बागमती प्रदेश सरकारद्वारा दिँदै आएको दूध उत्पादनमा आधारित अनुदान रकम सबै दुग्ध किसानले सहज तरिकाले प्राप्त गर्नुपर्ने लगायतका छन् ।

चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष किशोर बगाले चितवनका दुग्ध किसानका समस्या समाधानमा सरोकारवाला निकाय उदासिन बनेको गुनासो गरे । दूधको भुक्तानी समयमै हुनुपर्ने जनाउँदै उहाँले दूधको बजारीकरणमा समेत समस्या रहेको पत्रकार सम्मेलनमा बताए ।

सङ्घका सचिव कल्याण अधिकारीले बजारीकरणमा समस्या भोगिरहेका दुग्ध किसानको भुक्तानीमा ढिलाइ हुँदा समस्या झन जटिल हुँदै गएको बताए ।

‘न उत्पादन बढी हुँदा बिक्री गर्न सकिन्छ, न त बिक्री भएको दूधको भुक्तानी पाइन्छ’, उनले भने, ‘हामी चेपुवामा परेका छौँ ।’ आत्मनिर्भरता उन्मुख हुँदै गएको दुग्ध क्षेत्रलाई राज्यको नीतिले सम्बोधन नगरेको र किसानलाई प्रोत्साहन नभएको उनले गुनासो गरे ।

प्रकाशित मिति : २६ पुस २०८०, बिहीबार  ८ : १७ बजे

सरकार र नागरिक बचाउ अभियानका टोलीबीचको वार्ता सकारात्मक

काठमाडौं- सरकारद्वारा गठित वार्ता समिति र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति

काठमाडौँमा ५५ किलो गाँजासहित भारतीय नागरिक पक्राउ

काठमाडौँ- नेपाल प्रहरीले ५५ किलोग्राम लागुऔषध गाँजासहित भारतीय नागरिकलाई पक्राउ

जब बिरामी नाति डोहोर्‍याउँदै सिंहदबार छिरे जयलाल…

काठमाडौँ- एक हातमा कागजपत्र अर्को हातमा नाति। मलिन अनुहारले नै

पुस १२ गतेभित्र राष्ट्रियसभा बैठक बोलाउँछौँ : नारायणप्रसाद दाहाल

काठमाडौं- राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले पुसको दोस्रो साता राष्ट्रियसभा बैठक

एमालेका नेताहरू भन्छन् : यसपटक कसैको पद सुरक्षित छैन

काठमाडौँ- पार्टी ११औँ महाधिवेशनमा होमिएका नेकपा एमालेकै नेताहरूले कसैको पद