बचत संघ दोलखाको अध्यक्षमा भुमिराज खड्का पुनः निर्वाचित « Khabarhub

बचत संघ दोलखाको अध्यक्षमा भुमिराज खड्का पुनः निर्वाचित


२६ पुस २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

दोलखा– बचत तथा ऋण सहकारी संस्थाहरूको छाता संस्था जिल्ला बचत संघ दोलखाको अध्यक्षमा पुनः भुमिराज खड्का सर्वसम्मत अध्यक्षमा निर्वाचित भएका छन् ।

संघको बिहीबार सम्पन्न २५ औँ वार्षिक साधारण सभाले पुनः खड्काको अध्यक्षतामा १७ सदस्यीय सञ्चालक समिति सर्वसम्मत गठन गरेको हो ।

समितिको वरिष्ठ उपाध्यक्षमा जगत सुवेदी, उपाध्यक्षमा नारायणबहादुर श्रेष्ठ, महासचिवमा तेन्जिङ शेर्पा, सचिवमा शर्मिला सापकोटा र कोषाध्यक्ष पर्शुराम कार्कीलगायत १७ सदस्यीय सञ्चालक सदस्यहरू चयन भएका छन् ।

संघको लेखा सुपरिवेक्षण समिति संयोजकमा गोपालध्वज श्रेष्ठ सहित अन्य दुई जना सदस्य पनि सर्वसम्मत चयन भएको संस्थाले जनाएको छ।

यस संघको कुल पुँजी ३२ करोड नौ लाख १८ हजार तीन सय २७ रुपैयाँ पुगेको जनाइएको छ। कार्यक्रममा विभिन्न सहकारीलाई समेत सम्मान गरिएको थियो ।

सुबास बस्नेत

प्रकाशित मिति : २६ पुस २०८०, बिहीबार  ६ : ५३ बजे

‘सुपर घलेम्दी’ जलविद्युत् आयोजनाको पहुँचमार्ग निर्माण सुरु

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको नौ दशमलव १४ मेगावाट

अवरुद्ध त्रिभुवन अन्तर्राष्ट्रि विमानस्थल खुल्यो (तस्बिरसहित)

काठमाडौँ– टर्किस एयरलाइन्सको जहाज अवतरणका क्रममा दुर्घटनामा परेपछि अवरुद्ध भएको

फ्रेन्च लिग वान : पीएसजी उपाधि नजिक

काठमाडौँ– फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) उपाधि

विमानस्थल ठप्प भएपछि एयर अरेबियाको जहाजले लगायो नौ फन्का

काठमाडौँ– इस्तानबुलबाट काठमाडौँ आएको टर्किस एयरलाइन्सको जहाजमा अवतरणका क्रममा टायर

अवतरणका क्रममा टर्किस एयरलाइन्स जहाजको टायर पड्किँदा आगो निस्कियो, यात्रु सुरक्षित

काठमाडौँ– इस्तानबुलबाट काठमाडौँ आएको टर्किस एयरलाइन्सको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा