विप्लव समूहको एनसेल लक्षित आक्रमण, २ दिनमा १५ टावरमाथि आगजनी « Khabarhub

विप्लव समूहको एनसेल लक्षित आक्रमण, २ दिनमा १५ टावरमाथि आगजनी


१६ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले २ दिनमा देशका १३ जिल्लामा रहेका १५ वटा एनसेल टावरमाथि आक्रमण गरेको छ ।

विप्लव समूहले पूर्वदेखि सुदूरपश्चिसम्म गरी देशका करिब १३ जिल्लामा दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको टावरमाथि आक्रमण गरेको हो ।

प्रहरीका अनुसार साउन १४ गते (मंगलबार)देखि १६ गते (बिहीबार) सम्म देशभरका १३ जिल्लामा रहेका १५ वटा एनसेलका टावरमाथि आगजनी भएको छ ।

प्रहरीका अनुसार सुदूरपश्चिमको डडेल्धुरामा १, कैलालीमा २, प्रदेश नम्बर ५ को बाँकेमा १, रुपन्देहीमा १ वटा एनसेल टावरमाथि आक्रमण भएको छ ।

यस्तै, अर्घाखाँचीमा १, धादिङमा २, कपिलवस्तुमा १, झापामा १, नवलपरासी पूर्वमा १, सिन्धुपाल्चोकमा १, पर्वतमा १, म्याग्दीमा १ र बाग्लुङमा १ वटा एनसेल टावरमाथि आगजनी भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार विप्लव समूहले एनसेलका टावरमाथि गरेको आक्रमण निम्नानुसार छ,

प्रकाशित मिति : १६ श्रावण २०७६, बिहीबार  १० : ४७ बजे

राष्ट्रियसभा अध्यक्षसँग चिनियाँ राजदूतको बिदाइ भेट

काठमाडौं– नेपालस्थित चिनियाँ राजदूत छन् सोङले राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालसँग

बलिउड स्टार गोविन्दाले मनाए ६२औँ जन्मदिन

काठमाडौं– नाइन्टिज़का आइकनिक बलिउड स्टार गोविन्दा आज आफ्नो ६२औँ जन्मदिन

सरकारको औचित्य सकिएको घोषणा गर्दै मिराजले प्रधानमन्त्री कार्कीमाथि लगाए १७ गम्भीर आरोप

काठमाडौं- जेन-जी आन्दोलनका एकजना अगुवा मिराज ढुंगानाले भदौ २३ र

बागमतीमा तैरिने फोहर पदार्थ सङ्कलन गर्न ‘ट्रास बेरियर’

काठमाडौं-  सहरी विकास मन्त्रालयअन्तर्गतको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले

कञ्चनपुर कारागारको घटना छानबिन गर्न समिति गठन

महेन्द्रनगर– दुई दिनअघि कञ्चनपुर कारागारभित्र कैदीबन्दी र नाइकेबीच भएको झडप