मलेसियामा वैधानिक रुपमा ३ लाख भन्दा धेरै नेपाली कामदार कार्यरत « Khabarhub

मलेसियामा वैधानिक रुपमा ३ लाख भन्दा धेरै नेपाली कामदार कार्यरत


१६ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मलेसियाको मानव संशाधन मन्त्रालयले विदेशी श्रमिकको तंथ्याक सार्वजनिक गरेको छ । मन्त्रालयले सार्वजानिक गरेको तंथ्याक अनुसार मलेसिया वैधानिक रुपमा ३ लाख भन्दा धेरै नेपाली कामदार रोजगारीमा कार्यरत रहेको जनाएका छन् ।

मलेसियामा कार्यरत विदेशी श्रमिक मध्ये नेपालीको संख्या तेश्रो स्थानमा देखिएको छ । दुई वर्षअघि २२ लाख बैधानिक विदेशी श्रमिक रहेकोमा यसबर्ष त्यो घटेर २० लाख ५९ हजार भएको छ । २ लाखभन्दा धेरै विदेशी श्रमिक स्वदेश फर्किएको मन्त्रालयले जनाएको छ ।

मलेसियामा वैधानिक रुपमा कार्यरत नेपालीको संख्या ३ लाख १७ हजार ५ सय २९ छ । जसमध्ये १० हजार २८ जना महिला छन् । नेपालीको संख्या मलेसियामा कार्यरत विदेशी श्रमिकको १५ दशमलव ९ प्रतिशत हो ।

यसअघि सन् २०१५ मा मलेसियामा कार्यरत कुल विदेशी श्रमिक मध्ये नेपालीको संख्या २३ प्रतिशत थियो । गत वर्षदेखि मलेसिया नेपाली कामदार जाने प्रक्रिया नै बन्द भएका कारण नेपाली श्रमिकको संख्या घटेको हो ।

मलेसियामा धेरै इण्डोनेशियाली श्रमिक कार्यरत रहेको मन्त्रालयले सार्वजानिक गरेको पछिल्लो तंथ्याकमा छ । नेपाली दोश्रो स्थानमा तथा बंगलादेशी श्रमिक तेश्रो स्थानमा नेपाल छ ।

मन्त्रालयका अनुसार मलेसियामा ७ लाख भन्दा धेरै इण्डोनेशियन श्रमिक छन् । मलेसियामा अवैधानिक रुपमा बस्ने विदेशी श्रमिकमा ईण्डोनेशियनको संख्या ठूलो हुने गरेको छ । यसैगरी दोश्रोमा बंगलादेशी श्रमिक छन् । मलेसियामा झण्डै ६ लाख बंगलादेशी छन् ।

प्रकाशित मिति : १६ श्रावण २०७६, बिहीबार  १० : ५८ बजे

सीआईबीद्वारा एनसेल मुख्यालयबाट महत्वपूर्ण दस्तावेज नियन्त्रणमा

काठमाडौं- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले एनसेलको मुख्यालयबाट महत्वपूर्ण

कोशी मन्त्रिपरिषद् बैठक : जेठ ६ गतेदेखि बजेट अधिवेशन सुरु गर्ने निर्णय

विराटनगर– कोशी प्रदेशसभाको नवौँ तथा बजेट अधिवेशन आगामी जेठ ६

सरकारको जवाफ प्रधानमन्त्रीबाटै माग्ने प्रतिपक्षीको तयारी

काठमाडौं- प्रतिनिधि सभामा अहिले आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति

नेप्से परिसूचक १० अंकले घट्यो

काठमाडौं–  धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक १० दशमलव

भारतमा मौसमी प्रकोपका कारण ८० जनाको मृत्यु

नयाँ दिल्ली- भारतको उत्तर प्रदेश राज्यमा विगत २४ घण्टामा भारी