मलेसियामा वैधानिक रुपमा ३ लाख भन्दा धेरै नेपाली कामदार कार्यरत « Khabarhub

मलेसियामा वैधानिक रुपमा ३ लाख भन्दा धेरै नेपाली कामदार कार्यरत


१६ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मलेसियाको मानव संशाधन मन्त्रालयले विदेशी श्रमिकको तंथ्याक सार्वजनिक गरेको छ । मन्त्रालयले सार्वजानिक गरेको तंथ्याक अनुसार मलेसिया वैधानिक रुपमा ३ लाख भन्दा धेरै नेपाली कामदार रोजगारीमा कार्यरत रहेको जनाएका छन् ।

मलेसियामा कार्यरत विदेशी श्रमिक मध्ये नेपालीको संख्या तेश्रो स्थानमा देखिएको छ । दुई वर्षअघि २२ लाख बैधानिक विदेशी श्रमिक रहेकोमा यसबर्ष त्यो घटेर २० लाख ५९ हजार भएको छ । २ लाखभन्दा धेरै विदेशी श्रमिक स्वदेश फर्किएको मन्त्रालयले जनाएको छ ।

मलेसियामा वैधानिक रुपमा कार्यरत नेपालीको संख्या ३ लाख १७ हजार ५ सय २९ छ । जसमध्ये १० हजार २८ जना महिला छन् । नेपालीको संख्या मलेसियामा कार्यरत विदेशी श्रमिकको १५ दशमलव ९ प्रतिशत हो ।

यसअघि सन् २०१५ मा मलेसियामा कार्यरत कुल विदेशी श्रमिक मध्ये नेपालीको संख्या २३ प्रतिशत थियो । गत वर्षदेखि मलेसिया नेपाली कामदार जाने प्रक्रिया नै बन्द भएका कारण नेपाली श्रमिकको संख्या घटेको हो ।

मलेसियामा धेरै इण्डोनेशियाली श्रमिक कार्यरत रहेको मन्त्रालयले सार्वजानिक गरेको पछिल्लो तंथ्याकमा छ । नेपाली दोश्रो स्थानमा तथा बंगलादेशी श्रमिक तेश्रो स्थानमा नेपाल छ ।

मन्त्रालयका अनुसार मलेसियामा ७ लाख भन्दा धेरै इण्डोनेशियन श्रमिक छन् । मलेसियामा अवैधानिक रुपमा बस्ने विदेशी श्रमिकमा ईण्डोनेशियनको संख्या ठूलो हुने गरेको छ । यसैगरी दोश्रोमा बंगलादेशी श्रमिक छन् । मलेसियामा झण्डै ६ लाख बंगलादेशी छन् ।

प्रकाशित मिति : १६ श्रावण २०७६, बिहीबार  १० : ५८ बजे

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

फिल्मका पछिल्ला १० वर्ष : ब्याजले लम्बिएको हिट लिस्ट

काठमाडौं – नेपाली फिल्मको बजार ४६ करोड ८७ लाखभन्दा बढीको

म्याग्दीको रत्नेचौर–भकुण्डे सडक : कालोपत्र गरिएको सडकमा खाल्डैखाल्डा

म्याग्दी– बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक योजना निर्माण पुरा नहुँदै कालोपत्र

सुनौलो परिवार नेपाल र रिलायन्स फाइनान्सबीच सहकार्य

काठमाडौं– यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धि तथा सेवाको पहुँच

राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने

काठमाडौं– नेपाल राष्ट्र बैङ्कले कर्मचारी सुरक्षण कोषमा रहेको एक अर्ब