तराईमा हुस्सु र कुहिरोले यातायात र हवाईसेवा प्रभावित हुन सक्ने | Khabarhub Khabarhub

तराईमा हुस्सु र कुहिरोले यातायात र हवाईसेवा प्रभावित हुन सक्ने


२७ पुस २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


345
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहेको जनाएको छ ।

अहिले कोशी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै तथा मधेश र लुम्बिनी प्रदेशका तराई भूभागका अधिकांश स्थानमा हुस्सु तथा कुहिरो लागेको छ ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ ।

यस्तै राति कर्णाली र सुदूरपश्चिम तथा गण्डकी र कोशी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सफा रहने महाशाखाले जनाएको छ ।

महाशाखाले तराई भूभागका अधिकांश स्थानमा हुस्सु र कुहिरो लाग्ने भएकाले दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई सेवामा प्रभाव पर्न सक्ने भएकाले त्यसबाट हुन सक्ने असर तथा चिसोबाट बच्न अनुरोध गरेको छ ।

आज सूर्योदय बिहान ६ बजेर ५६ मिनेट र सूर्यास्त साँझ ५ बजेर २८ मिनेटमा हुनेछ ।

 

प्रकाशित मिति : २७ पुस २०८०, शुक्रबार  ६ : १३ बजे

भारत सरकारको स्पष्टीकरण : जर्मनी जान लागेकी नेपालीलाई कतार एयरवेजले रोकेको हो, हामीले होइन

नयाँ दिल्ली – जर्मनी जान लागेकी नेपाली नागरिक शम्भवी अधिकारीलाई

बेनी–दरवाङ सडक तीन दिनपछि सञ्चालन

म्याग्दी – म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

बुटवल-नारायणगढ सडक पूर्ण रूपमा अवरुद्ध

मध्यविन्दु – निरन्तर वर्षाका कारण हिलाम्ये भएको सडकमा सवारीसाधन फसेपछि

साँझबाट मौसममा क्रमिक सुधार

काठमाडौं – जल तथा मौसम विज्ञान विभागले देशमा मौसम क्रमशः

सरकार र आन्दोलनरत नर्सबीच सहमति

काठमाडौं – सरकार र उचित पारिश्रमिक नपाएको भन्दै आन्दोलनरत नर्सबीच