राष्ट्रपतिसमक्ष एफएओका महानिर्देशकको भेट « Khabarhub

राष्ट्रपतिसमक्ष एफएओका महानिर्देशकको भेट


२७ पुस २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठन (एफएओ) का महानिर्देशक डा. क्यू डोङ्ग्यूको नेतृत्वमा आएको प्रतिनिधिमण्डलले शिष्टाचार भेट गरेको छ ।

राष्ट्रपति भवन शीतल निवासमा आज बिहान भएको उक्त भेटवार्तामा राष्ट्रपति पौडेलले कृषिलाई सम्मानित र आकर्षक पेसा बनाउन सके नेपाल आत्मनिर्भर हुनसक्ने उल्लेख गर्दै यसमा नेपालले विश्व खाद्य सङ्गठनबाट सहयोगको अपेक्षा गरेको बताए ।

जलवायु परिवर्तनको प्रभाव कृषि क्षेत्रमा पनि परेको उल्लेख गर्दै राष्ट्रपति पौडेलले पानीको स्रोत संरक्षण गर्न र जलवायु परिवर्तनले कृषि उत्पादनमा पारेको प्रभाव न्यूनीकरण गर्नेतर्फ अब विश्व समुदायको ध्यान जानुपर्नेमा जोड दिएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।

उनले एफएओलाई नेपालको विशिष्ट जलवायु संवेदनशीलतालाई बुझ्न र त्यसका लागि वित्तीय, प्राविधिक र क्षमता विकाससँग सम्बन्धित संशाधनमा वृद्धि गर्न आग्रह गरेका थिए ।

सो अवसरमा नेपालको कृषि क्षेत्रको क्षमता अभिवृद्धिका लागि प्राविधिक सहयोग गर्न कृषि तथा खाद्य सङ्गठन सदैव तयार रहेको महानिर्देशक डोङ्ग्यूले  बताएका थिए ।

प्रकाशित मिति : २७ पुस २०८०, शुक्रबार  ११ : ५१ बजे

एमाले महाधिवेशन : यी हुन् निर्विरोध निर्वाचित भएकाहरू

काठमाडौं– नेकपा (एमाले)को जारी ११ औँ महाधिवेशनमा ११ जना केन्द्रीय

एमालेको १९ पदाधिकारीमा ३ जनामात्रै महिला उम्मेदवार

काठमाडौं- नेकपा एमालेको ११औँ महाधिवेशनमा १९ जना पदाधिकारीका लागि ३

प्रदेशसभा सदस्य दास चढेको स्कुटरमाथि नियोजित ठक्करको आरोप

सिरहा – मधेस प्रदेशसभा सदस्य तथा जनता समाजवादी पार्टी नेपालकी

एमाले महाधिवेशन: यस्तो छ उम्मेदवारको प्रारम्भिक नामावली (सूचीसहित)

काठमाडौं – नेकपा एमालेको ११औं महाधिवेशन अन्तर्गत हुने निर्वाचन प्रक्रियामा

श्रीमान् वसन्त बिरामी भएपछि ओली समूहबाट उम्मेदवार बनिन् भूमिका

काठमाडौं- पाँचथरबाट निर्वाचित निवर्तमान प्रतिनिधि सभा सदस्य तथा नेकपा एमालेका