इयुसँग घनिष्ठ सम्बन्ध चाहेको चिनियाँ राष्ट्रपति सीको भनाइ « Khabarhub

इयुसँग घनिष्ठ सम्बन्ध चाहेको चिनियाँ राष्ट्रपति सीको भनाइ


२७ पुस २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

साङ्घाई– चिनियाँ राष्ट्रपति सी जिनपिङले आफ्नो मुलुक युरोपसँगको सम्बन्ध सुदृढ गर्न इच्छुक रहेको बताएका छन् । बेइजिङमा बेल्जियमका प्रधानमन्त्री अलेक्जेन्डर डि क्रोसँगको भेटमा उनले सो कुरा बताएका हुन् । 

बिहीबार डि क्रो चीन पुगे र बेइजिङमा बेल्जियमको नयाँ दूतावासको उद्घाटनमा सरिक भए। सोही दिन उनले चिनियाँ विदेशमन्त्री वाङ यीसँग भेट गरे । 

बेइजिङ र इयु प्रमुख व्यापार साझेदार हुन् तर इयुले हालै प्रविधि र अन्य क्षेत्रमा चीनमाथि निर्भरता कम गर्ने संकेत दिएको छ । बेइजिङको सस्तो विद्युतीय सवारीको उत्पादनले युरोपेली प्रतिद्वन्द्वीहरूलाई चिन्तित बनाएको भन्ने आरोपपछि इयुले घरेलु विद्युतीय सवारी निर्माताहरूका लागि चिनियाँ अनुदानको अनुसन्धान सुरु गरेको छ । बेइजिङले ती आरोपको खण्डन गरेको छ । 

साथै हालैका वर्षमा चीन र पश्चिमबीच बिग्रँदो सम्बन्धहरूले एआई, गलत सूचना र डाटा सुरक्षाले उत्पन्न सम्भावित कमजोरीमाथि ब्रसेल्समा चिन्ता उत्पन्न गरेको छ । 

उनका अनुसार दुवै नेताले युक्रेनमाथि रुसी आक्रमणबारे पनि कुराकानी भएको छ । युक्रेनमाथि रुसको आक्रमणलाई लिएर बेइजिङले मस्कोको निन्दा गर्न अस्वीकार गर्दा चीन र युरोपबीचको सम्बन्धलाई तनावपूर्ण बनाएको छ । 

प्रकाशित मिति : २७ पुस २०८०, शुक्रबार  ६ : ५३ बजे

एसइईमा खोटाङको जनता माध्यमिक विद्यालयको नतिजा शून्य

खोटाङ – माध्यमिक शिक्षा परीक्षा (एसइई)मा यहाँको हलेसी तुवाचुङ नगरपालिका–९

कतारले भन्यो : हर्मुजलाई ‘ब्ल्याकमेल’ गर्ने स्रोतका रूपमा प्रयोग गर्नु हुँदैन

दोहा – मध्यपूर्व युद्ध सुरु भएदेखि नै अवरुद्ध गरेको ‘स्ट्रेट

पशुपति क्षेत्र विकास कोषले एक महिनाभित्र गौशाला धर्मशाला आफैँले सञ्चालन गर्ने

काठमाडौं – पशुपति क्षेत्र विकास कोषले एक महिनाभित्र पशुपति गौशाला

रसुवामा डिपबोरिङ, पाँच सय घरपरिवार लाभान्वित

रसुवा – रसुवाको कटुन्जेमा भूमिगत पानीको व्यवस्था गरिएसँगै धैवुङ क्षेत्रका

नीति तथा कार्यक्रममा द्रुत बस सेवा : असफल प्रयोग दोहोर्‍याउने सरकारको तयारी

काठमाडौं– तत्कालीन सरकारले २०८०, असोज ३ अर्थात् संविधान दिवसको अवसरमा