तेस्रो ऋषिङ अल्ट्रा म्याराथनको उपाधि आर्मीलाई « Khabarhub

तेस्रो ऋषिङ अल्ट्रा म्याराथनको उपाधि आर्मीलाई


२७ पुस २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


351
Shares
  • change font
  • change font
  • change font

तनहुँ – ऋषिङ गाउँपालिकाद्वारा शुक्रबार आयोजित तेस्रो ऋषिङ खुला अल्ट्रा म्याराथनको उपाधि गोविन्द कार्कीले प्राप्त गरेका छन् ।

धारुङभञ्ज्याङबाट दुबुङकोट भ्यूटावरसम्मको ४३ किलोमिटर दूरी तीन घण्टा छ मिनेट ३३ सेकेण्डमा पार गर्दै उनले प्रथम उपाधि हासिल गरेका हुन् । त्रिभुवन आर्मी क्लबमा कार्यरत कार्कीले ३२ जना धावकलाई पछि पार्दै उक्त उपाधि चुमेका हुन् ।

त्रिभुवन आर्मी क्लबकै गोपाल तामाङ द्वितीय र तिलक सुनुवारले तृतीय स्थान प्राप्त गरे । उनीहरूले क्रमशः तीन घण्टा सात मिनेट ३३ सेकेण्डमा र तीन घण्टा दश मिनेटमा उक्त दूरी पार गरे । त्यसैगरी सान्तवनामा करम रावलले तीन घण्टा १२ मिनेट १४ सेकेण्ड, महोहनदेव जोशीले तीन घण्टा १६ मिनेट आठ सेकेण्ड, जुनेस खड्काले तीन घण्टा १६ मिनेट २२ सेकेण्ड र निरोज भट्टले तीन घण्टा २१ मिनेट २७ सेकेण्डमा दूरी पार गरी सान्तवना स्थान प्राप्त गरेका छन् । उनीहरूलाई क्रमशः रु पाँच हजार र प्रमाणपत्र प्रदान गरिएको छ ।

‘ऋषिङ समृद्धिको आधार कृषि संस्कृति, पर्यटन र पूर्वाधार’ भन्ने मूल नाराका साथ खेलकुदका माध्यमबाट पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले अल्ट्रा म्याराथनको आयोजना गरिएको हो । विजयी धावकलाई क्रमशः रु ६५ हजार, ४० हजार, २५ हजार र रु पाँच हजार (करबाहेक)का साथै मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरिएको गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले जानकारी दिए ।

खेलकुदका माध्यमबाट ऋषिङ गाउँपालिकाभित्रका पर्यटकीय क्षेत्रहरुको पर्यटन प्रवर्द्धन गर्ने मुख्य लक्ष्यअनुरुप म्याराथन कार्यलाई यस वर्ष पनि निरन्तरता दिइएको उनले बताए । म्याराथनले गाउँपालिकामा रहेका ऐतिहासिक, धार्मिक र सांस्कृतिक क्षेत्रको प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको गाउँपालिका प्रवक्ता विजय दरैले जानकारी दिए।

धारुङ भञ्ज्याङ (ऋषिङ प्रवेशद्वार)देखि दौड सुरु भई रानीपोखरी, पुरानथोक, अर्खलाछाप, काफलडाँडा, पुरानो ऋषिङ (चालिसे) पोखरीभञ्ज्याङ, गोठादी, ढुङ्गाडे, भिरकोट अर्चल्दी, मौरीबास, दाङसिरी हुँदै दुबुङकोट भ्यूटावरमा पुगेर टुङ्गिएको हो । गत वर्षको दोस्रो ऋषिङ म्याराथनमा ५३ जना धावकले सहभागिता जनाएका थिए ।

प्रकाशित मिति : २७ पुस २०८०, शुक्रबार  ९ : ३० बजे

जिप दुर्घटनामा चालकको मृत्यु, तीन जना घाइते

दाङ– सल्यानमा जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

विश्वकपमा आज तीन खेल : पहिलो खेलमा दक्षिण अफ्रिका र अफगानिस्तान भिड्दै

काठमाडौं – आईसीसी टी–२० विश्वकप अन्तर्गत मंगलबार तीन खेल हुँदैछन्।

कांग्रेसले बुढीगङ्गामा विकासको मुहार परिवर्तन गर्‍याे : शेखर कोइराला

विराटनगर– नेपाली कांग्रेसका नेता तथा मोरङ क्षेत्र नम्बर ६ का

आहा रारा गोल्डकप : आज जावलाखेल र मछिन्द्र क्बल खेल्दै

काठमाडौं–  २५औँ संस्करणको आहा रारा पोखरा गोल्डकप फुटबलमा आज जावलाखेल युथ

बाघ निकम्मा भएपछि राजनीतिमा वनबिरालाको चुरीफुरी !

छातीमा वाण लागेपछि मृत्यु शैय्यामा रहेका बाली श्रीरामको मर्यादामाथि प्रश्न