नेपालको पर्यटन प्रबर्द्धन गर्न डेनमार्कमा कार्यक्रम « Khabarhub

नेपालको पर्यटन प्रबर्द्धन गर्न डेनमार्कमा कार्यक्रम


२७ पुस २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली राजदूतावास डेनमार्कद्वारा नेपाल प्रबर्द्धन र विशेष गरी पर्यटन तथा लगानी प्रबर्द्धन गर्ने उद्देश्यले बिहीबार डेनमार्कको राजधानी कोपेनहेगनमा एक प्रवर्द्धनात्मक कार्यक्रमको आयोजना गरिएको छ ।

आर्थिक कूटनीतिअन्तर्गत आयोजित उक्त कार्यक्रममा पर्यटन तथा अन्य व्यवसायी, पत्रकार, सरकारी पदाधिकारीलगायत विभिन्न क्षेत्रमा कार्यरत करिब एक सय ३० डेनिस नागरिकसहित विभिन्न सङ्घ संस्थाका पदाधिकारी, व्यवसायी नेपाली तथा अन्य गरी एक सय ६० जनाको उपस्थिति थियो ।

डेनमार्कका लागि नेपाली राजदूत प्रा डा राम स्वार्थ रायद्वारा उद्घाटन गरिएको उक्त कार्यक्रममा नेपाली मौलिक लोकनृत्य, गुरुङ तथा मगर नृत्य प्रस्तुत गरिएको थियो भने नेपाली बाजा समूह डेनमार्कद्वारा नेपाली लोक भाकामा पञ्चैबाजा प्रस्तुत गरिएको थियो ।

त्यस अवसरमा राजदूत रायले नेपालको वर्तमान अवस्थाको सङ्क्षिप्त चर्चा गर्नुहुँदै नेपालको पर्यटन र लगानीका क्षेत्रबारे जानकारी दिए ।

यो कार्यक्रमबाट नेपाली पर्यटनको विकास तथा लगानी प्रवर्द्धनमा सकारात्मक प्रभाव पर्ने विश्वास कोपेनहेगनस्थित नेपाली दूतावासले आज एक विज्ञप्ति निकालेर जनाएको छ ।

प्रकाशित मिति : २७ पुस २०८०, शुक्रबार  १० : ३२ बजे

सोबितालाई समर्थन गर्दै समीक्षाले फिर्ता लिइन् उपसभापतिको उम्मेदवारी

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को खुला उपसभापति पदकी उम्मेदवार समीक्षा

विश्वकपको रोमान्चक खेलमा अमेरिका पराजित : टर्कीको सान्त्वना जित

काठमाडौँ – जारी विश्वकपको समूह चरणबाटै बाहिरिसकेको टर्कीले आफ्नो अन्तिम

लागूऔषधको ‘सप्लाई–चेन ब्रेक’ गर्न गृहमन्त्री गुरुङको प्रहरीलाई निर्देशन

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङले क्षणिक मनोरञ्जनका लागि प्रयोग गरिने

प्रतिनिधिसभा बैठक : पाँच विधेयक प्रस्तुत हुने, आर्थिक विधेयक पारित गर्ने कार्यसूची

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा पाँच वटा विधेयक प्रस्तुत हुँदैछन् ।

भेनेजुएलामा भूकम्प: ज्यान गुमाउनेको संख्या २३५ पुग्यो, चार हजार बढी घाइते

काठमाडौँ – उत्तरी भेनेजुएलामा लगातार गएका दुईवटा शक्तिशाली भूकम्पमा परी