उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान « Khabarhub

उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान


२८ पुस २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आगामी माघ ११ गते बिहीबार हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिएको छ ।

निर्वाचन आयोगको स्वीकृत कार्यक्रमअनुसार आज बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारलाई सम्बन्धित दलको निर्वाचन चिह्न प्रदान गरेको हो । 

सातवटै प्रदेश निर्वाचन अधिकृतको कार्यालयबाट उम्मेदवारलाई सम्बन्धित दलको निर्वाचन चिह्न प्रदान गरिएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए।

निर्वाचनमा आठ राजनीतिक दलका ५१ जना उम्मेदवार मैदानमा रहेका छन् । उक्त निर्वाचनका लागि यही पुस २३ गते उम्मेदवारी मनोनयनपत्र दर्ता भएको थियो । आयोगका अनुसार कोशी प्रदेशमा पाँच, मधेसमा पाँच, बागमतीमा १५, गण्डकीमा आठ र लुम्बिनी प्रदेशमा छ जना उम्मेदवार छन्  ।

कर्णाली प्रदेशमा र सुदूरपश्चिम प्रदेशमा छ-छ जना उम्मेदवारको मनोनयनपत्र दर्ता भएको छ । सातै प्रदेशमा महिला समूहतर्फ १८, दलित समूहतर्फ पाँच, अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक समुदायतर्फ आठ र अन्य समूहतर्फ २० गरी जम्मा ५१ जना उम्मेदवार रहेका छन् ।

प्रकाशित मिति : २८ पुस २०८०, शनिबार  २ : ०४ बजे

समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान

काठमाडौं– निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन

उद्यमशीलताको विकास : युवा योजना र राज्यको सहजीकरण

राज्यले आफू पुग्ने गन्तव्यलाई प्राथमिकतामा राखेर अघि बढ्न नसकेको र

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौं– सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा नियुक्तिका लागि

बैतडीमा मिनी ट्रक दुर्घटना, चालकको मृत्यु

बैतडी– जिल्लाको सुर्नया गाउँपालिका–५ कठेगौँडमा गए राति मिनी ट्रक दुर्घटना

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौं– बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको छ