स्कटल्याण्डविरुद्ध नेपाल सात विकेटले विजयी « Khabarhub

स्कटल्याण्डविरुद्ध नेपाल सात विकेटले विजयी


२८ पुस २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आइसिसी यू–१९ विश्वकप अघिको अभ्यास खेलमा नेपालले स्कटल्यान्डलाई पराजित गरेको छ । वर्षाको कारण अवरुद्ध खेलमा नेपालले स्कटल्यान्डलाई डकवर्थ लेविस पद्धतिको आधारमा ७ विकेटले पराजित गरेको हो ।

एक सय १५ रनको सामान्य लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको नेपालले २९.१ ओभरमा ९९ रन बनाउन तीन विकेट गुमाएको अवस्थामा पानि परेपछि खेल रोकिएको थियो । नेपालका लागि अर्जुन कुमालले ३३ र आकाश त्रिपाठीले २९ रन बनाए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको स्कटल्याण्डले ४४ं४ ओभरमा ११४ रन बनाउँदा अलआउट भएको थियो । नेपालका गुलशन झा र तिलक भण्डारीले ३३ विकेट लिए । आइसिसी यू–१९ विश्वकपका लागि दक्षिण अफ्रिका पुगेको नेपाली टोलीको यो तेस्रो जित हो ।

नेपाल यू– १९ विश्वकपको समूह ‘डी’ मा छ। नेपालको समूहमा न्यूजिल्यान्ड, पाकिस्तान र अफगानिस्तान छन्। नेपालले माघ ७ गते न्यूजिल्यान्डसँग प्रतिस्पर्धा गर्दै विश्वकपको सुरुवात गर्नेछ। नेपालले दोस्रो खेल माघ १० गते पाकिस्तान र समूह चरणको अन्तिम खेल माघ १२ गते अफगानिस्तानसँग खेल्नेछ। सहभागी १६ टोलीलाई चार समूहमा विभाजन गरिएको हो।

समूह ‘ए’ मा भारत, बंगलादेश, आयरल्यान्ड र अमेरिका छन्। समूह ‘बी’ मा इङ्ल्यान्ड, दक्षिण अफ्रिका, वेस्ट इन्डिज र स्कटल्यान्ड छन् भने समूह ‘सी’ मा अस्ट्रेलिया, श्रीलंका, जिम्बावे र नामिबिया छन्। समूहका शीर्ष दुई देश विश्वकपको सुपर आठमा पुग्नेछन् ।

जनवरी १९ देखि फेब्रुअरी ११ तारिखसम्म चल्ने यु(१९ विश्वकप क्रिकेटमा सहभागी हुन जगत टमटा प्रशिक्षक र देव खनाल कप्तान रहेको नेपाली टिम एक साताअघि दक्षिण अफ्रिका पुगेको हो। यू(१९ टिममा राष्ट्रिय टिमका अल्राउन्डर गुल्सन झालेसमेत सहभागी छन्।

प्रकाशित मिति : २८ पुस २०८०, शनिबार  १० : ५२ बजे

कान्ति लोकपथमा खसेको पहिरो हटाइयो

ललितपुर– कान्ति लोकपथमा खसेको पहिरो हटाएर रोकिएका सवारीसाधनलाई गन्तव्यतर्फ पठाइएको

संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सम्बोधन तथा

नारायणी नदीको पानी सतर्कता तह पार, बाढीको जोखिम बढ्यो

चितवन– लगातारको वर्षापछि नारायणी नदीको पानीको सतह सतर्कता तह पार

अन्तर्राष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न परराष्ट्रमन्त्री खनालको आह्वान

काठमाडौं- परराष्ट्रमन्त्री शिशिर खनालले विकासशील मुलुकको विश्व आर्थिक शासन व्यवस्थामा

सडक सञ्जाल अवरुद्ध हुँदा रसुवामा खाद्यान्न अभाव, बिरामी मारमा

रसुवा– भोटेकोशी बाढीका कारण चीनसँगको सीमावर्ती जिल्ला रसुवाको सडक सञ्जाल