अवैध लागूऔषध चरेशसहित पाँच जना पक्राउ | Khabarhub Khabarhub

अवैध लागूऔषध चरेशसहित पाँच जना पक्राउ


२९ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


303
Shares
  • change font
  • change font
  • change font

मकवानपुर– करिब ८ किलो ८ सय ग्राम अवैध लागूऔषध चरेशसहित पाँच जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा नहरी गाउँपालिका-६ नयाँबस्ती बस्ने ४० वर्षीय रामनारायण श्रेष्ठ, बारा जितपुर सिमरा उपमहानगरपालिका-६ बस्ने २१ वर्षीय याकुब खान, बारा परवानीपुर गाउँपालिका- ३ बस्ने २० वर्षीय मुकेश राम भन्ने मुस्की राम, पर्सा वीरगज उपमहानगरपालिका-२१ बस्ने २०‍ वर्षीय ईरमान आलम र सोही ठाउँ बस्ने २१ वर्षीय सोयल मिंया रहेका प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले मनहरी गाउँपालिका-७ मा चितवनबाट हेटौंडातर्फ आउँदै गरेको ना.३ च ७४०४ नम्बरको कारमा सवार याकुब खानलाई ३ सय ग्राम चरेश जस्तो देखिने वस्तुसहित पक्राउ गरेको थियो ।

थप अनुसन्धानको क्रममा खानले उक्त लागूऔषध रामनारायणसँग लिएको खुल्न आएपश्चात् उनको घरबाट थप ८ किलो ५ सय ग्राम चरेश
बरामद गरी रामनारायण र कारमा सवार याकुब समेत चार जनालाई प्रहरीले आइतबार पक्राउ गरेको हो ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २९ पुस २०८०, आइतबार  १२ : २५ बजे

गुणस्तरहीन खाद्यान्न उत्पादन गर्ने व्यापारीविरुद्ध मुद्दा

बागमती– खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौँडाले चार व्यवसायीविरुद्ध

पहिरोले महाकाली राजमार्ग अवरुद्ध

बैतडी– पहिरोका कारण महाकाली राजमार्ग अवरुद्ध भएको छ । राजमार्ग

सत्र वर्षपछि मुख्य भूमिकामा अभिनेता कामेश्वर चौरसिया

काठमाडौं– अभिनयमा अब्बल मानिने कलाकारमै पर्छन् अभिनेता कामेश्वर चौरसिया ।

जेन-जी आन्दोलनका क्रममा जलेको अर्थ मन्त्रालयमा रंगरोगन सुरू (तस्बिरहरू)

काठमाडौं– जेन-जी आन्दोलनका क्रममा क्षति पुगेको अर्थ मन्त्रालयमा रंगरोगनको काम

बसाइँसराइ बढेपछि सुनसान ‘कर्लिम गाउँ’

बागलुङ– ‘यति धेरै जग्गाजमिन सबै बाँझो भयो, गाउँभरिका घर सबै