जनताका पक्षमा काम गरौँ : नेता सिंह « Khabarhub

जनताका पक्षमा काम गरौँ : नेता सिंह


२९ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

पोखरा- नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जनताका पक्षमा इमान्दार भएर काम गर्नुपर्ने बताएका छन् । नेपाली कांग्रेस कास्कीका कार्यकर्तासँग आज पोखरामा भएको भेटमा उनले केही समययता राजनीतिक परिस्थिति फेरिएकाले जनताले काम र राजनीतिक पारदर्शीकता खोजिरहेका बताए ।

“राजनीाितक इमान्दारिता आजको आवश्यकता हो । जनताले पनि पारदर्शी रुपमा काम गर्ने नेता र पार्टीलाई विश्वास गर्छन् । निष्ठाको राजनीति गर्न कठिन भए पनि राजनीतिक दलहरु जनता केन्द्रित हुनुको विकल्प छैन”, नेता सिंहले भने, “विसं २०१७ मा निष्ठाको राजनीति गरेकाले  बिपी, गणेशमान र कृष्णप्रसाद भट्टराई अहिले पनि जनताले स्मरणमा स्वच्छ नेताको रुपमा चिनिँदै आएका छन् ।”

नेपाली कांग्रेसले अब आफ्नो नीतिमा सुधार गर्दै जनता केन्द्रित राजनीति गर्न जरुरी रहेको उनको भनाइ थियो । इमान्दार भएर जनताका काम नगर्ने हो भने अब कुनैपनि राजनीाितक दलको भविष्य नरहने बताउँदै समयअनुसार दलहरु पनि परिवर्तन हुन जरुरी रहेको नेता सिंहले बताए ।

“नेपाली कांग्रेसलाई देशकै ठूलो पार्टीको रुपमा स्थापित गर्न युवा तथा निष्ठावान नेताको खोजी गर्न जरुरी छ”, उनले भने, “लोकतन्त्रमाथि आक्रमण भइरहेको बेला लोकतान्त्रिक पार्टी एक जुट भइ यो व्यवस्थालाई मजबुत बनाउनु पर्दछ ।” कांग्रेसलाई बलियो बनाउन विधान अनुसार पार्टी चल्नुपर्ने भन्दै सङ्गठन पनि सोहीअनुसार विस्तार गर्नुपर्नेमा नेता सिंहले जोड दिए ।

प्रजातन्त्र तथा लोकतन्त्र ल्याउनमा कांग्रेसको भूमिका महत्वपूर्ण रहेको भन्दै उनले लोकतन्त्रलाई बचाइ राख्ने दायित्व पनि कांग्रेसको काँधमा आएको बताए । नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालले पार्टीलाई बलियो बनाउन राजनीतिक दल जनताप्रति इमान्दार हुनुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : २९ पुस २०८०, आइतबार  ३ : २६ बजे

जी-७ राष्ट्रद्वारा १० करोड ब्यारेल तेल बजारमा ल्याउने सहमति

एजेन्सी– विश्वव्यापी ऊर्जा आपूर्ति संकट र बढ्दो इन्धन मूल्यलाई नियन्त्रण

जापानीज इन्सेफलाइटिसबाट १३१ जना सङ्क्रमित, २८ जनाको मृत्यु

काठमाडौं- नेपालमा सन् २०२६ मा हालसम्म जापानीज इन्सेफलाइटिस (जेई) बाट १३१

म्याक्स टाइगरको ‘दशैँ धमाका’ : ३६ जनाले यामाहा र एक जनाले प्रोटोन कार जित्ने अवसर

ललितपुर-  म्याक्स टाइगर इनर्जी ड्रिंकले दशैँ लक्षित ‘दशैँ धमाका २०२६’

६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा

लमजुङ– बाढीपहिरोका कारण ६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा आएको

१६ दिने महालक्ष्मी व्रत समापन गरिँदै

काभ्रे– यही असोज २ गते (भदौ शुक्ल सप्तमी) देखि सुरु