हुण्डी कारोबार गरेको आरोपमा दुई पक्राउ | Khabarhub Khabarhub

हुण्डी कारोबार गरेको आरोपमा दुई पक्राउ


२९ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


387
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल राष्ट्र बैङ्कबाट जारी भएको निर्देशन विपरीत हुण्डी कारोबार गरेको आरोपमा दुईजनालाई प्रहरीले आज सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक चौँरीदेउराली गाउँपालिका–५ घर भई हाल जिल्ला काठमाडौँ कपन बस्ने ३९ वर्षीय भीमसेन गौतम र चितवन राप्ती नगरपालका–४ घर भई हाल काठमाडौँ सुकेधारा बस्ने ४२ वर्षीय राजु गौतम रहेको रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक मिलन केसीले जानकारी दिए ।

उनका अनुसार काठमाडौँ महानगरपालिका(२२ महाबौद्ध क्षेत्रमा भीमसेन गौतम समेतका व्यक्तिले हुण्डीमार्फत वित्तीय कारोबार गरिरहेको भन्ने विशेष सूचनाका आधारमा निजहरुलाई पक्राउ गरिएको हो । प्रहरीले गौतमका साथबाट नेपाली रु एक हजार दरका ६ सय थान नोट, र रु पाँच सय दरको चार सय थान नोट गरी रु आठ लाख बरामद गरेको छ ।

यसैगरी राजु गौतमको महाबौद्धस्थित कुमारी आर्केटको २०२ नंको राधाकृष्ण जनरल स्टोरबाट विभिन्न बैङ्क तथा सहकारीको १७ वटा चेकमा उल्लिखित रकम रु सात लाख ९७ हजार र नगद नेपाली रु एक हजार दरको ३९ थान नोट र पाँच सयका दरको एक हजार ७२ थान नोट गरी जम्मा रु पाँच लाख ७५ हजार फेला परेको प्रवक्ता तथा प्रहरी उपरीक्षक केसीले बताए ।

पक्राउ परेकाहरुलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडाँै पठाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २९ पुस २०८०, आइतबार  ९ : ०८ बजे

तीन वटा प्रसारण लाइन निर्माणका लागि सरकारको अनुमति

काठमाडौं – सरकारले चालु आवको हालसम्म तीन वटा प्रसारण लाइन

मिथिलामा औपचारिक रूपमा छठ सुरु

धनुषा – मिथिलामा आजदेखि औपचारिक रूपमा छठ सुरु भएको छ।

रुकुम पश्चिम जिप दुर्घटना अपडेट : मृतक आठ जनाको पहिचान खुल्यो

रुकुम पश्चिम – रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-७ लिस्नेस्थित भित्री सडकखण्डमा

विश्वकप लिग-२ : यूएई शृङ्खलाको पहिलो खेलमा आइतबार अमेरिकासँग भिड्दै नेपाल

काठमाडौं – आइसीसी विश्वकप क्रिकेट लिग-२ को यूएई शृङ्खलाको पहिलो

आजको मौसम पूर्वानुमानः तीन प्रदेशमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं – हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको