भारतसँगको सम्बन्ध थप सुमधुर छ : बंगलादेशी प्रधानमन्त्री हसिना « Khabarhub

भारतसँगको सम्बन्ध थप सुमधुर छ : बंगलादेशी प्रधानमन्त्री हसिना


२९ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

ढाका- बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले भारतसँगको सम्बन्ध थप सुमधुर बनेको बताएकी छिन् । हालै सम्पन्न निर्वाचनमा विजयी भएसँगै प्रधानमन्त्री हसिनाले भारतसँग आर्थिक क्षेत्रमा थप सहकार्य गर्न चाहेको उल्लेख गरिन् ।

प्रधानमन्त्री हसिनाले इतिहासमा विभिन्न अवसरमा भारतले बंगलादेशको सहयोग गरेको भन्दै भारतको प्रसंशासमेत गरिन् ।

प्रधानमन्त्री निवास गणभवनमा भारतीय समाचार संस्था एएनआईसँगको कुराकानीमा हसिनाले भनिन्, ‘भारत बंगलादेशको ठूलो मित्र हो । भारतले हामीलाई सन् १९७१ र १९७५ मा सहयोग गरेको हो । भारतलाई हामी सँगैको छिमेकी पनि मान्दछौँ ।’

उनले आफ्नो आगामी ५ वर्षे कार्यकालमा द्विपक्षीय सम्बन्ध थप सुमधुर बन्ने पनि उल्लेख गरिन् । आगामी कार्यकालमा भारतसँगको आर्थिक सहकार्यलाई आफूले विशेष ध्यान दिनेसमेत बताइन् ।

प्रकाशित मिति : २९ पुस २०८०, आइतबार  १२ : ३९ बजे

भरतमोहन पुत्रीको चुनावी बाचा : युवालाई मनपरेको काम, गोजीमा दाम, गाउँ-ठाउँमा नाम

काठमाडौं- पूर्वअर्थमन्त्री स्वर्गीय भरतमोहन अधिकारी पुत्री लीमा राष्ट्रिय स्वतन्त्र पार्टी

बुधबार १११ वटा कम्पनीको बढ्यो सेयर मूल्य

काठमाडौं– बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) झिनो अंकले बढेको छ

संसद् फर्काउन कांग्रेसले दिएको रिटमाथि सकियो सुनुवाइ, आदेशको प्रतिक्षा

काठमाडौं- गत भदौ २७ गते विघटन गरिएको प्रतिनिधिसभा पुनर्स्थापनाको मागसहित

सरकारी संवाद समितिको टोली दलहरूको कार्यालयमा

काठमाडौं– नेपाल सरकारको उच्चस्तरीय संवाद समितिको टोलीले निर्वाचनको वातावरण बनाउन

चीनमा एसयूभी कार दुर्घटना, आठ जनाको मृत्यु

एजेन्सी – दक्षिणपूर्वी चीनमा एउटा एसयूभी कारको चालकले नियन्त्रण गुमाएर