स्पेनिस सुपर कपको उपाधि रियल मड्रिडलाई « Khabarhub

स्पेनिस सुपर कपको उपाधि रियल मड्रिडलाई


१ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्पेनिस सुपर कप फुटबलको उपाधि रियल मड्रिडले जितेको छ । गएराति भएको फाइनल खेलमा बार्सिलोनालाई ४–१ गोलले हराउँदै रियलले उपाधि जितेको हो ।

स्पेनिस सुपर कपमा रियलको यो १३औँ जित हो । बार्सिलोनाले सर्वाधिक १४ पटक जितेको छ ।

रियलका लागि भिनिसियस जुनियरले ह्याट्रिक गरेका थिए भने एक गोल रोड्रिगोले थपेका थिए । यस्तै, पराजित भएको बार्सिलोनाका लागि रोबर्ट लेवान्डोस्कीले एक गोल फर्काएका थिए ।

खेलको सातौँ मिनेटमा भिनिसियसले रियल मड्रिडलाई सुरुवाती अग्रता दिलाएका थिए । यस्तै, उनले नै १० मिनेटमा अर्को गोल गर्दै टोलीको अग्रतालाई दोब्बर बनाए ।

त्यसपछि ३३औँ मिनेटमा बार्सिलोनाका लागि लेवान्डोस्कीले एक गोल फर्काउँदै खेललाई २–१ को अवस्थामा ल्याए ।

तर यसको ६ मिनेट नबित्दै ३९औँ मिनेटमा भिनिसियसले पेनाल्टीमार्फत ह्याट्रियक पूरा गर्दै टोलीलाई ३–१ को अग्रता दिलाए ।

यसैगरी, खेलको ६४औँ मिनेटमा रोड्रिगोले एक गोल थप्दै रियल मड्रिडको जितलाई झनै सहज बनाए ।

यो जितसँगै रियल मड्रिडले अघिल्लो वर्षको फाइनलमा बार्सिलोनासँग हारको बदला लिएको छ । सो फाइनलमा रियल ३–१ गोलले पराजित भएको थियो ।

 

प्रकाशित मिति : १ माघ २०८०, सोमबार  ७ : ०१ बजे

पुटिनसँग वार्ताका लागि जेलेन्स्की तयार

काठमाडौं – युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्ध अन्त्यका लागि रुसी

भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैन : शिक्षामन्त्री पोखरेल

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षा सुधारका लागि

बाढीमा घरबास गुमाएकालाई प्रदेश सरकारले आवास बनाइदिने

भक्तपुर – बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले रसुवाको भोटेकोशीमा आएको

बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ

धादिङ – भोटेकोशी–त्रिशूली नदीमा गएको बाढीले बगाएर ल्याएका गरगहना फेला

बाणगङ्गा नदीमा फसेका एक बालकको उद्धार, एक जना अझै बेपत्ता

कपिलवस्तु – बाणगङ्गा नदीमा गएको बाढीका कारण नदीको बीचमा रहेको