‘उपहार’को पोस्टर : चियावाली रेखाको जोडीमा मुकुन  « Khabarhub

‘उपहार’को पोस्टर : चियावाली रेखाको जोडीमा मुकुन 


१ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


507
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एकसाथ चलचित्र ‘उपहार’को चार पोस्टर सार्वजनिक भएका छन् । पोस्टरमा रेखा थापा, मुकुन भुषाल, बेनिशा हमाललाई विशेष स्थान दिइएको छ । 

एक पोस्टरमा तीन जोडी देख्न सकिन्छ । रेखा थापाको जोडी नायक मुकुन भुसालसँग जोडिएको छ । अर्को पोस्टरको पृष्ठभूमिका चिया घर देखाइएको छ भने थर्मस भिरेकी रेखा चिवालीको भूमिकामा रहेको अनुमान लगाउन सकिन्छ । अभिनेता भुसाल ह्विलचेयरमा देखिएका छन् । 

एक पोस्टरमा वकिलको गेटअपमा देखिएकी नायिका बेनिशा हमाल अर्को पोस्टरमा भने अभिनेता तेज गिरीसँग विवाहको पहिरनमा देखिन्छिन् । 

नव नायक समर्पणजंग कार्कीसँग जोडी बाधिँएकी नायिका पूजा शर्मा भने हसिली देखिन्छिन् । एक पोस्टरमा भने फिल्मका मुख्य कलाकारसहित वरिष्ठ कलाकारहरू राजाराम पौडेल, किरण केसी (राता मकै), निर्मल शर्मा (गैडा)शिशिर राणाले स्थान पाएका छन् ।

पोस्टरबारे अभिनेता भुषाल भन्छन्, ‘पोस्टरले त खासै केही बोलेको छैन । फिल्मबारे थोरै मेसो पाउन टेलर नै कुर्नुपर्छ ।’ 

रेखा फिल्मस् र कपनगढी सिनेमाको संयुक्त ब्यानरमा बनेको यो फिल्म फागुन २५ गते प्रदर्शनमा आउँदै छ । ज्ञानेन्द्र देउजाको निर्देशन रहेको यो फिल्मको निर्माता सुलभप्रतिक देउजा र समीक्षा देउजा हुन् भने कार्यकारी निर्माता बलराम शाही हुन् । 

प्रकाशित मिति : १ माघ २०८०, सोमबार  १ : ०२ बजे

एनपीएलको खेल तालिका सार्वजनिक

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) को खेल तालिका सार्वजनिक भएको

एसियन गेम्सका लागि जापान जाने क्रिकेट टोलीको बिदाई

काठमाडौं- एसियन गेम्समा सहभागी हुन जापान जान लागेको नेपाली राष्ट्रिय

बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग

काठमाडौं- नेपाल पत्रकार महासङ्घले भोटेकोशी बाढीबाट प्रभावित पत्रकार तथा परिवारलाई

भारतले पठाएका थप ११ टन राहत सामग्री नेपाली पक्षलाई हस्तान्तरण

काठमाडौं- रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावितलाई सहयोग गर्न भारतले पठाएका

रुसमाथि थप दबाब बढाउने विधेयकमा ट्रम्पको हस्ताक्षर

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमा जारी युद्धका कारण रुसमाथि