गाजामा भएको आक्रमणमा ६० भन्दा बढीको मृत्यु « Khabarhub

गाजामा भएको आक्रमणमा ६० भन्दा बढीको मृत्यु


१ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

गाजा– हमासद्वारा नियन्त्रित गाजा क्षेत्रमा रहेको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले इजरायली सेनाको आक्रमणमा ६० भन्दा बढी प्यालेस्टिनीको मृत्यु भएको सोमबार जनाएको छ ।

गाजा पट्टीमा इजरायली आक्रमण र तोपको बमबारीका कारण दर्जनौं व्यक्ति घाइते भएको हमासको सञ्चार कार्यालयले जनाएको छ । दक्षिणी शहर खान युनिस र राफाका साथै गाजा शहर वरपरका क्षेत्रमा आक्रमण भएको सञ्चार माध्यमले जनाएका छन् ।

दुई अस्पताल, छात्रा विद्यालय र दर्जनौं घरलाई निशाना बनाइएको हमासले बताएको छ । अन्तर्राष्ट्रिय मानवीय कानूनअन्तर्गत संरक्षित अस्पतालहरू युद्ध सुरु भएदेखि नै गाजामा इजरायली आक्रमणबाट बारम्बार प्रभावित हुँदै आएका छन् ।

इजरायली सेनाले हमासले अस्पतालमुनि सुरुङ निर्माण गरेको र त्यसलाई कमान्ड सेन्टरका रूपमा प्रयोग गरेको र आफ्ना गतिविधिलाई ढाकछोप गर्न सर्वसाधारणको भौतिक संरचनाको दोहन गरेको आरोप लगाएको छ । अक्टोबर ७ मा हमासका लडाकुहरूले इजरायलमाथि आक्रमण गरेपछि गाजामा युद्ध सुरु भएको थियो । युद्धका कारण इजरायलमा करिब एक हजार १४० जनाको मृत्यु भएको एएफपीलाई इजरायलबाट प्राप्त आधिकारिक तथ्याङ्कमा उल्लेख छ । 

लडाकूहरूले लगभग २५० बन्धकहरूलाई पनि कब्जामा लिएकोमा करिब १०० भन्दा बढीलाई मुक्त गरिएको छ भने अझै १३२ जना गाजामा रहेको इजरायलले बताएको छ । बन्धकमध्ये कम्तीमा २५ जना मारिएको विश्वास गरिएको छ ।

गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार इजरायलले प्रतिशोधस्वरूप हमासलाई ध्वस्त पार्ने प्रतिबद्धता जनाएको छ । हमासको आक्रमणको प्रतिक्रियामा इजरायलले प्यालेस्टिनी क्षेत्रमा शुरु गरेको आक्रमणमा कम्तीमा २३ हजार ९६८ व्यक्तिको ज्यान गएको छ भने इजरायली सैन्य कारबाही निरन्तर चलेको छ । 

प्रकाशित मिति : १ माघ २०८०, सोमबार  १ : १६ बजे

विपदबाट क्षतिग्रस्त भौतिक संरचना पुनर्निर्माणका लागि श्रमदान

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्वारका बासिन्दा श्रमदान अभियानबाट क्षतिग्रस्त भौतिक

मनास्लुको स्याउ गोदाममै थन्कियो

गोरखा– बूढीगण्डकी बाढीले पुल र बाटो बगाएपछि उत्तरी गोरखाको मनास्लु

नेपाली कांग्रेसका पदाधिकारी र केन्द्रीय सदस्यहरूले आज शपथग्रहण गर्दै

काठमाडौँ– नेपाली काङ्ग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि

सिंगा–तातोपानी कुण्डमा प्राकृतिक उपचार गराउनेको घुइँचो

म्याग्दी- ढाड दुख्ने समस्याबाट पीडित नवलपुर गैडाकोटका प्रदीप सुवेदी प्राकृतिक

दसैँमा चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटक २० हजार बढी

चितवन– दसैँका अवसरमा २० हजार ८७ जनाले चितवन राष्ट्रिय निकुञ्ज