गाजामा भएको आक्रमणमा ६० भन्दा बढीको मृत्यु « Khabarhub

गाजामा भएको आक्रमणमा ६० भन्दा बढीको मृत्यु


१ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

गाजाहमासद्वारा नियन्त्रित गाजा क्षेत्रमा रहेको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले इजरायली सेनाको आक्रमणमा ६० भन्दा बढी प्यालेस्टिनीको मृत्यु भएको सोमबार जनाएको छ ।

गाजा पट्टीमा इजरायली आक्रमण र तोपको बमबारीका कारण दर्जनौं व्यक्ति घाइते भएको हमासको सञ्चार कार्यालयले जनाएको छ । दक्षिणी शहर खान युनिसराफाका साथै गाजा शहर वरपरका क्षेत्रमा आक्रमण भएको सञ्चार माध्यमले जनाएका छन् ।

दुई अस्पताल, छात्रा विद्यालय र दर्जनौं घरलाई निशाना बनाइएको हमासले बताएको छ । अन्तर्राष्ट्रिय मानवीय कानूनअन्तर्गत संरक्षित अस्पतालहरू युद्ध सुरु भएदेखि नै गाजामा इजरायली आक्रमणबाट बारम्बार प्रभावित हुँदै आएका छन् ।

इजरायली सेनाले हमासले अस्पतालमुनि सुरुङ निर्माण गरेको र त्यसलाई कमान्ड सेन्टरका रूपमा प्रयोग गरेको र आफ्ना गतिविधिलाई ढाकछोप गर्न सर्वसाधारणको भौतिक संरचनाको दोहन गरेको आरोप लगाएको छ । अक्टोबर ७ मा हमासका लडाकुहरूले इजरायलमाथि आक्रमण गरेपछि गाजामा युद्ध सुरु भएको थियो । युद्धका कारण इजरायलमा करिब एक हजार १४० जनाको मृत्यु भएको एएफपीलाई इजरायलबाट प्राप्त आधिकारिक तथ्याङ्कमा उल्लेख छ । 

लडाकूहरूले लगभग २५० बन्धकहरूलाई पनि कब्जामा लिएकोमा करिब १०० भन्दा बढीलाई मुक्त गरिएको छ भने अझै १३२ जना गाजामा रहेको इजरायलले बताएको छ । बन्धकमध्ये कम्तीमा २५ जना मारिएको विश्वास गरिएको छ ।

गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार इजरायलले प्रतिशोधस्वरूप हमासलाई ध्वस्त पार्ने प्रतिबद्धता जनाएको छ । हमासको आक्रमणको प्रतिक्रियामा इजरायलले प्यालेस्टिनी क्षेत्रमा शुरु गरेको आक्रमणमा कम्तीमा २३ हजार ९६८ व्यक्तिको ज्यान गएको छ भने इजरायली सैन्य कारबाही निरन्तर चलेको छ । 

प्रकाशित मिति : १ माघ २०८०, सोमबार  १ : १६ बजे

अफ्रिकन जायन्ट इजिप्ट र अपराजित बेल्जियमबीच रोचान्चक प्रतिस्पर्धा हुँदै

काठमाडौं- फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जी’ को आफ्नो पहिलो

राष्ट्रियसभामा बजेटमाथि छलफल : बजेट कार्यान्वयन, ऋण व्यवस्थापन र कर नीतिमा प्रश्न

काठमाडौं– राष्ट्रियसभामा आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक

बागमती प्रदेशको बजेट ६६ अर्ब ९३ करोड ३१ लाख ३३ हजार 

काठमाडौं– बागमती प्रदेशले आगामी आर्थिक वर्षको लागि ६६ अर्ब ९३

नयाँ ऊर्जा र ‘पुन्टे’को साथमा पशुपति पेन्ट्सको दमदार पुनरागमन

काठमाडौं- १९९० को दशकमा टेलिभिजनको पर्दामा देखिने लोकप्रिय कार्टुन पात्र

२४ वर्षअघिको तीतो सम्झना ताजै : सेनेगलसँग खेल्दै फ्रान्स

काठमाडौं– फ्रान्स र सेनेगलले फिफा विश्वकपमा एकअर्कासँग प्रतिस्पर्धा गरिरहँदा २४