आउँदो मार्च १५ सम्म सबै भारतीय सैनिक फिर्ता लैजान मालदिभ्सका राष्ट्रपति मुइज्जुको आग्रह | Khabarhub Khabarhub

आउँदो मार्च १५ सम्म सबै भारतीय सैनिक फिर्ता लैजान मालदिभ्सका राष्ट्रपति मुइज्जुको आग्रह


१ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

माले- माल्दिभ्सका राष्ट्रपति डा मोहम्मद मुइज्जुले भारतलाई आगामी मार्च १५ सम्ममा आफ्नो देशबाट सबै सैनिक फिर्ता लैजान आग्रह गरेका छन् ।

भारतीय सेना फिर्ता गर्ने विषयमा त्यहाँस्थित परराष्ट्र मन्त्रालयमा भएको पहिलो समूहको बैठकमा उनले यस्तो जानकारी गराएका हुन् ।

भारत र माल्दिभ्सबीच पछिल्लो समय तनाव बढिरहेको बेला राष्ट्रपति मुइज्जुको यो भनाइ आएको हो ।

राष्ट्रपतिका सार्वजनिक नीतिका प्रमुख सचिव अब्दुल्लाह नाजिम इब्राहिमले राष्ट्रपति भवनमा आयोजित पत्रकार सम्मेलनमा मालदिभ्सबाट भारतीय सेना फिर्ता गर्ने विषयमा हालसम्म विभिन्न तहमा ११ वटा बैठक भइसकेको जानकारी दिए ।

बैठकमा माल्दिभ्सका लागि भारतीय उच्चायुक्त मुनु महावर, भारतीय विदेश सचिव र देशका अन्य वरिष्ठ अधिकारी सहभागी रहेका थिए । सो बैठकमा परराष्ट्र मन्त्रालय र राष्ट्रपति कार्यालयका वरिष्ठ अधिकारीहरुको समेत सहभागिता रहेको द माल्दिभ्स जर्नलले जनाएको छ ।

प्रकाशित मिति : १ माघ २०८०, सोमबार  ७ : ४२ बजे

दैलेखमा ग्यास फेला परेकामा प्रधानमन्त्री खुसी

काठमाडौं–  प्रधानमन्त्री केपी शर्मा ओलीले दैलेखमा भूमिगत ग्यासको स्रोत फेला

प्याजले उचित मूल्य पाएन, बोरामा थन्काउन बाध्य किसान

चितवन– जिल्लामा उत्पादित प्याजले उचित मूल्य पाउन सकेको छैन ।

धेरै देश इजरायल र इरानबाट दूतावास उठाएर नागरिकको उद्धार गर्दै

इजरायल – इरान र इजरायल युद्ध सुरु भएपछि धेरै देशले

कैलालीमा १६ दिनकी सुत्केरी मृत फेला

गोदावरी–  गौरीगङ्गा नगरपालिका–७ स्थित कैलाशपुरमा एक सुत्केरी मृत फेला परेकी

मधेशमा खाद्य बालीको भू-भाग घट्यो, उखुदेखि दालको उत्पादन घट्यो

काठमाडौं– पछिल्लो समयमा मधेश प्रदेशभित्र खाद्य तथा अन्य बालीले ओगट्ने