थारु संस्कृति जगेर्ना गर्न सङ्ग्रहालय « Khabarhub

थारु संस्कृति जगेर्ना गर्न सङ्ग्रहालय


२ माघ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

खजुरा– बाँके, बर्दिया, दाङ, कैलाली र कञ्चनपुर जिल्लामा माघी पर्वका अवसरमा नाचगान, विभिन्न मनोरञ्जनात्मक कार्याक्रम, झाँकीलगायतका कार्यक्रम भइरहेका छन् । 

सोही अवसरमा सोमबार ‘माघी मिलन कार्यक्रम-२०८०’ गरिएको छ । थारु सांस्कृतिक संरक्षण तथा पर्यापर्यटकीय केन्द्र बैजनाथ–५ छमनियाँ बाँकेद्वारा आयोजित कार्यक्रममा थारु संस्कृतिलाई जगेर्ना गर्नमा जोड दिइएको छ । 

कार्यक्रममा बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाशबहादुर शाहीले गाउँपालिकाले थारु समुदायको हक अधिकारका लागि प्रतिबद्धता रहेको जनाउँदै स्वर्गीय बैजनाथ थारुको सम्मानार्थ गाउँपालिकाले थारु सङ्ग्रहालय निर्माण गर्ने बताए । 

अध्यक्ष शाहीले आफ्नो कार्यकालभित्रै गाउँपालिकामा सङ्ग्रहालय निर्माण गरेर त्यहाँ थारु कला, संस्कृतिका साथै स्वर्गीय बैजनाथ थारुको जीवनीबारे जानकारीमूलक सामग्री राखिने जानकारी दिए। उनले भने,’थारु सङ्ग्रहालय निर्माण गर्नका लागि मैले जुन कुराको प्रतिबद्धता गरेको छु, त्यो म आफ्नो कार्यकालभित्र पूरा गर्छु, ।’ 

नागरिक उन्मुक्ति पार्टीका जिल्ला संयोजक चन्तराम थारुले मुलुकमा प्रजातन्त्र र लोकतन्त्र प्राप्तिको लडाइँमा थारु समुदायको योगदान रहेको चर्चा गर्दै नयाँ वर्षका रुपमा रहेको माघी पर्व थारु समुदायको पौराणिक संस्कृतिसँग जोडिएको विशेष पर्व भएको औंल्याए । थारु कल्याणकारिणीसभा बाँकेका अध्यक्ष विनोद थारुले माघी पर्व सद्भावसँग जोडिएको विशेष पर्व भएको बताए । 

‘बहु सांस्कृतिक र बहुधार्मिक विविधता भएको देशमा थारु समुदायको माघी पर्वको छुट्टै खालको विशेषता छ, उनले भने, ‘आजकै दिनदेखि हाम्रो नयाँ वर्ष सुरु हुन्छ, यो दिनमा हामी नयाँ कामको थालनी गर्छौ, ।’ दुई दिनसम्म चल्ने कार्यक्रममा बैजनाथका ३१ गाउँका बड्घरद्वारा थारु मौलिक नाच प्रस्तुत गरिने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : २ माघ २०८०, मंगलबार  १ : ०४ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना