नक्कली मदिरा बेच्ने गिरोह सक्रिय, नाै जना पक्राउ  | Khabarhub Khabarhub

नक्कली मदिरा बेच्ने गिरोह सक्रिय, नाै जना पक्राउ 


३ माघ २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंमा विभिन्न ब्रान्डका स्वदेशी तथा विदेशी मदिरा बिक्री-वितरण गर्ने समूहलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले काठमाडौं थलीस्थित एक घरमा छापा मारेर विभिन्न ब्राण्डका नक्कली मदिरासहित नाै जनालाई पक्राउ गरेको हो ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बुधबार पत्रकार सम्मेलन गर्दै पक्राउ परेका व्यक्तिहरूलाई सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा रामेछाप घर भएका मनोज खत्री, विनोदकुमार कार्की,  मोहन खड्का, गौरव तामाङ, मोहन खड्का, रोशन कार्की, महेश खत्री, मनिष खत्री र सुमन नगरकोटी रहेका छन् ।

पक्राउ परेकामध्ये अधिकांश यसअघि पनि नक्कली मदिरा बनाएको अभियोगमा पक्राउ परेको देखिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका डिएसपी अनिल घिमिरेले जानकारी दिए ।

उनीहरूबाट खुकुरी रम, गोल्डन ओक, फाइटर, सिग्नेचर, ३६५ ब्ल्याक, सगुन ब्राण्डको मदिरा, मिश्रित तरल पदार्थ, विभिन्न रक्सीहरूको खाली बोतल, आन्तरिक राजश्व विभागको अन्त शुल्कको स्टिकरहरू, लेबलिङ र प्याकेजिङ गर्न प्रयोग गरिने सामानहरु बरामद भएको घिमिरेले बताए।

 

उनीहरूले चिनी र पानी मिलाएर पकाउने र त्यसपछि अल्कोहल मिसाएर बजारमा प्रचलित दरभाउभन्दा कम मूल्यमा नक्कली मदिरा बिक्री गर्ने खुलेको उनले बताए ।

त्यस्तै, प्रहरीले बजार पठाउन तयारी अवस्थामा राखिएका विभिन्न ब्रान्डका मदिराहरू समेत बरामद गरेको छ ।

प्रकाशित मिति : ३ माघ २०८०, बुधबार  २ : ५१ बजे

अनलाइन जुवा र क्रिप्टोको डरलाग्दो जालो : एकै व्यक्तिको ७५ वटा बैंक खाता, ५५ करोडको कारोबार

काठमाडौं – अनलाइन गेमहरूमा गैरकानुनी सट्टेबाजी तथा क्रिप्टो करेन्सीको कारोबार

पोखराको प्राइम सहकारीमा डेढ अर्ब हिनामिना : तनहुँका शंकरनारायण जेल चलान

पोखरा- पोखरा महानगरपालिका वडा नं. ४ गैरापाटनस्थित प्राइम बहुउद्देश्यीय सहकारी

अर्थसंक्षेप : महानगरका सहकारीमा बिकराल समस्या, प्राधिकरणले उद्योगका लाइन नकाट्ने

काठमाडौं– नेपालका छ वटा महानगरका सयौँ सहकारीमा विकराल समस्या देखिएको

लक्ष्य हासिल गर्नेगरी काम गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न मन्त्रालयको विषयगत लक्ष्य

ग्लोबल आइएमई बैंकको विद्युतीय शवदाह गृह निर्माणमा २० लाख सहयोग

काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडले कोहलपुर नगरपालिकामा विद्युतीय शवदाह गृह