इसरो : एकपछि अर्को सफलता चुम्दै भारतको अन्तरिक्ष अनुसन्धान संगठन « Khabarhub

इसरो : एकपछि अर्को सफलता चुम्दै भारतको अन्तरिक्ष अनुसन्धान संगठन


३ माघ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- हालै भारतको चन्द्र अभियान चन्द्रयान ३ र सौर्य अभियान आदित्यको सफलता कुनै संयोग होइन । भारतले दशकौँको योजना, प्राविधिक विकास र हजारौँ इन्जिनियर तथा वैज्ञानिकहरुको लगावको प्रतिफल पाएको हो । यी अन्तरिक्ष अभियान भारतको नवप्रवर्तन र महत्वकांक्षाको प्रतिक पनि हुन् । चन्द्रमामा चन्द्रयान ३ को अवतरणदेखि सूर्य अभियानमा आदित्यको सफलताले भारतको अन्तरिक्ष अनुसन्धान संगठन इसरोले आफूलाई अग्रपङ्क्तिमा उभ्याएको छ ।

अन्तरिक्ष अभियानलाई लिएर आम भारतीयहरु पनि उत्तिकै उत्साहित देखिएका छन् । सतिश धवन अन्तरिक्ष केन्द्रबाट हुने उडानले पाकिस्तानविरुद्धको क्रिकेट म्याचजस्तै राष्ट्रिय महत्व नै पाउने गरेको छ । इसरोको पहलबाट देखा परेको प्रभाव वैज्ञानिक खोज अनुसन्धानमा मात्रै सीमित छैन । मोबाइल सञ्चारको विस्तारदेखि डाइरेक्ट टू होम (डीटीएच) टेलिभिजन र परिष्कृत मौसम पूर्वानुमानमा समेत इसरोको भूमिका छ ।

भारतको अन्तरिक्ष कार्यक्रम शीतयुद्धका बेला अन्तरिक्ष दौडमा रहेका मुलुकहरुको जस्तो महत्वकांक्षी छैन । भारतीय अन्तरिक्ष कार्यक्रम विशिष्ट दर्शनबाट सञ्चालित छ । शीतयुद्धका बेला अमेरिका र सोभियत संघले अन्तरिक्षयानलाई ब्यालेस्टिक क्षेप्यास्त्रकै परिष्कृत प्रविधिको रुपमा लिएका थिए । तर, भारतले भने अन्तरिक्ष अभियानको उपयोगितालाई प्रमुख प्राथमिकता दिने गरेको छ ।

इतिहासमा जाने हो भने भारतको पहिलो यान साइकलको क्यारिअरमा राखेर प्रक्षेपण केन्द्रतर्फ लगिएको थियो । त्यसपछिका यान भने बैलगाडामा राखेर प्रक्षेपण केन्द्र पु¥याइएको थियो । अहिले भने भारतीय अन्तरिक्ष कार्यक्रमले एकपछि अर्को सफलता पाइरहेको छ । यसबाट भारतीय अन्तरिक्ष कार्यक्रमको संघर्ष र प्रतिफल अझ स्पष्ट हुन्छ । सीमित स्रोत र साधनका बावजुद इसरोले हलिउड चलचित्रको बजेटभन्दा कम खर्चमा मंगलयान र चन्द्रयानजस्ता अभियान सञ्चालन गर्दै आएको छ । माइक्रोसफ्ट र एप्पलको सुरुवात ग्यारेजबाट भएजस्तै इसरोको स्थापना पनि एउटा सानो प्रयोगशालाबाट भएको हो । स्थापनाको केबल ५ दशकमा इसरोले आफूलाई किफायती र प्रभावशाली अन्तरिक्ष संस्थाका रुपमा स्थापित गरेको छ ।

प्रकाशित मिति : ३ माघ २०८०, बुधबार  १२ : ३९ बजे

‘सतिसाले गोल्डकप’को उपाधि इन्ट्रा पथरी–११ लाई

मोरङ– दोस्रो ‘सतिसाले गोल्डकप’ फुटबल प्रतियोगिताको उपाधि इन्ट्रा पथरी–११ ले

शीतलहरबाट सिरहामा जनजीवन प्रभावित

सिरहा– शीतलहरका कारण सिरहामा जनजीवन प्रभावित भएको छ । चिसो

पत्रकार सम्मेलन गरेर सय दिनको प्रगति सार्वजनिक गर्दै मन्त्री घिसिङ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात

बंगलादेशको अस्थिर राजनीति नेपाल सर्दै, रोकिएन सडकको गर्जन

काठमाडौं – न्युयोर्क टाइम्सले सन् २०२१ देखि जेन–जी शब्दको प्रयोग

धुलिखेल–खावा सडकको काम धमाधम (तस्बिरहरू)

काठमाडौं– अरनिको राजमार्ग अन्तर्गत धुलिखेल–खावा सडक खण्डको रोकिएको स्तरोन्नति पुनः