अयोध्यामा राम मन्दिरको प्राण प्रतिष्ठा समारोहबीच मौरिसियन समुदायले पनि दियो बाल्ने « Khabarhub

अयोध्यामा राम मन्दिरको प्राण प्रतिष्ठा समारोहबीच मौरिसियन समुदायले पनि दियो बाल्ने


३ माघ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली- भारतको अयोध्यामा हुन गइरहेको राम मन्दिरको प्राण प्रतिष्ठा समारोहबीच मौरिसियन समुदायले पनि दियो बाल्ने भएका छन् । भारतका लागि मौरिससको उच्च आयुक्त हायमनदोयल दिलमले राम मन्दिरको प्राण प्रतिष्ठा समारोहबीच आफ्नो समुदायले पनि दियो बाल्ने घोषणा गरेका हुन् ।

अयोध्यामा आगामी जनवरी २२ मा राम मन्दिरको प्राण प्रतिष्ठा हुने कार्यक्रम छ । उनले अयोध्यामा हुन गइरहेको राम मन्दिरको प्राण प्रतिष्ठाको विषय आफ्नो मुलुकका जनताको अध्यात्मसँग पनि जोडिएको उच्च आयुक्त दिलमले बताए ।

भारतीय समाचार संस्था एएनआईका अनुसार अयोध्यामा राम मन्दिरको प्राण प्रतिष्ठा हुँदै गर्दा मौरिससका मन्दिरमा दियो बालिनेछ । त्यसैगरी, सो अवसरमा मौरिससका जनताले रामायण पनि पाठ गर्ने तय भएको दिलमको भनाइ छ ।

हिन्द महासगरमा अवस्थित टापु राष्ट्र मौरिससमा आधा जनसङ्ख्याले हिन्दू धर्म मान्दै आएका छन् ।

प्रकाशित मिति : ३ माघ २०८०, बुधबार  २ : ५९ बजे

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर