अफ्रिका कप अफ नेसन्समा मोरक्कोको विजयी सुरुवात | Khabarhub Khabarhub

अफ्रिका कप अफ नेसन्समा मोरक्कोको विजयी सुरुवात


४ माघ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अफ्रिका कप अफ नेसन्समा मोरक्कोले विजयी सुरुवात गरेको छ ।

गएराति सम्पन्न समूह एफ अन्तर्गतको खेलमा मोरक्कोले तान्जानियालाई ३–० गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको हो ।

मोरक्कोको जितमा रोमैन सैस, अज्जेदीन ओउनाही र योउसेफ एन जेस्यरीले एक एक गोल गरेका थिए ।

यस खेलमा तान्जानियाका नोभाटस मिरोशीले खेलको ७०औं मिनेटमा रातो कार्ड पाएपछि १० खेलाडीमा सिमित भएको थियो ।

यो जितपछि समूह एफ मा मोरक्कोले महत्वपूर्ण तीन अंक हासिल गरेको छ र समूहको शीर्ष स्थानमा रहेको छ ।

अब मोरक्कोले अर्को खेल आइतबार डिआर कंगोसँग खेल्नेछ भने तान्जानियाले आइतबार नै जाम्बियासँग खेल्ने तालिका रहेको छ ।

प्रकाशित मिति : ४ माघ २०८०, बिहीबार  १० : ३३ बजे

चितवन धान उत्पादन बढ्यो

चितवन– जिल्लामा यस वर्ष धान उत्पादन वृद्धि भएको छ ।

चितवनमा रास्वपाको विस्तारित बैठक सुरु

काठमाडौं–  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको विस्तारित बैठक चितवनमा

जर्मनीका राजदुतले भेटे स्वास्थ्यमन्त्री : जेनेरिक औषधिको गुणस्तरीय उत्पादनबारे छलफल  

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्री डा.सुधा शर्मा गौतम र नेपालका

तोलामा ६ सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं–  स्थानीय बजारमा शुक्रबार सुनको मूल्य केही बढेको छ ।

बालबालिकालाई भिटामिन ‘ए’ आज पनि खुवाइँदै

काठमाडौं– स्वास्थ्य सेवा विभागको पोषण शाखाले आज पनि बालबालिकालाई राष्ट्रिय