रास्वपाको बैठकमा सहकारीबारे गर्मागर्मी बहस « Khabarhub

रास्वपाको बैठकमा सहकारीबारे गर्मागर्मी बहस


४ माघ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको बुधबार बसेको केन्द्रीय समिति बैठकमा सहकारीका विषयमा गर्मागर्मी बहस भएको छ । बैठकमा देशभरका सहकारीको विषयमा पार्टीका उपसभापति तथा संसद् स्वर्णिम वाग्लेले ब्रिफिङ गरेका थिए । 

वाग्लेको ब्रिफिङपछि सहकारीको विषयमा पार्टीका सबै संसद्ले प्रतिनिधिसभाबाट आवाज उठाउनेसमेत निर्णय भएको नेताहरूले बताएका छन् । 

बुधबार बसेको बैठकमा ४० जना केन्द्रीय सदस्यको उपस्थिति  थियो । अर्थ विभागका संयोजक समेत रहेका वाग्लेले सहकारीसम्बन्धी प्रतिवेदनको खाका बुझाउँदै देशभरिका सहकारीका विषयमा ब्रिफिङ गर्दै संसद्‌मा कसले के विषयमा बोल्ने भन्ने बारेमा बताएका थिए । भलै, अहिले संसद् बैठक भने चलेको अवस्था छैन । 

करिब आधा घण्टा गरिएको ब्रिफिङ सुनेपछि सभापति लामिछानेले वाग्लेको प्रतिवेदन सान्दर्भिक र उपयोगी भएको भन्दै धन्यवाद दिएका थिए । सभापतिले प्रतिवेदनको अध्ययन गर्ने बताएको रास्वपा सचिवालयले जनाएको छ । 

पछिल्लो समय रास्वपा उपसभापति वाग्लेले सहकारीको अवस्थाका बारेमा प्रतिवेदन तयार पारिरहेका छन् । उनले देशभरिको सहकारीको नाफा घाटा, कति जनता सहकारीका सदस्य छन्, कति जनता ठगिएका छन् लगायतका विषयमा लामो प्रतिवेदन तयार पारिरहेको रास्वपाको भनाइ छ ।

बैठकमा उपस्थित केन्द्रीय सदस्यले वाग्लेले राखेको सहकारीको प्रतिवेदनमाथि केही प्रश्न तथा छलफल गरेको रास्वपा महामन्त्री तथा प्रवक्ता मुकुल ढकालले बताए । 

सहकारी प्रतिवेदन माघ १५ गते तयार हुने 

वाग्लेले देशभरका सहकारी र लघुवित्तको विषयमा अध्ययन गरिरहेकाले त्यसको सम्पूर्ण प्रतिवेदको अन्तिम रूप दिने तयारी भइरहेको उपसभापति डोलप्रसाद अर्यालले बताए । 

उनका अनुसार हिजोको बैठकमा प्रारम्भिक ब्रिफिङ मात्र भएको छ, वाग्लेले माघ १५ मा पार्टीलाई प्रतिवेदन बुझाउनेछन् । 

प्रतिवेदन पार्टीमा आएपछि समाधान पत्र र सुझावसहित पार्टीले सरकारलाई बुझाउने उपसभापति अर्यालले बताए । 

उनले भने, ‘यसको समाधान पत्र र सुझाव हामी सरकारलाई बुझाउँछौ ।’

रास्वपाले सहकारीका विषयमा अध्ययन गर्न बनाएको कार्यदलमा वाग्ले सहित ५ जना सदस्य छन् । सदस्यहरूमा सुरेशकुमार कर्ण, सुशील खड्का, भोजन अर्याल, सिर्जना केसी छन् ।  

सांसदलाई प्रशिक्षणको तयारी

प्रवक्ता मुकुल ढकालका अनुसार २० जना सांसदलाई नै उपसभापति वाग्लेले प्रशिक्षण दिन लागेका हुन् । ढकालले भने, ‘अर्थ विभागको संयोजक तथा उपसभापति नै सहकारीको विज्ञ भएको नाताले रास्वपालाई सहकारीको विषयमा देशभरको समस्या बुझ्न सहज भएको छ । उहाँले प्रतिनिधि सभाका २० जना सांसदलाई के विषयमा कसरी अध्याय गरेर आवाज उठाउने भन्ने कुरा बुझाउनु हुन्छ ।’ 

यसअघि मंसिर ११,१२ र १३ गते  महोत्तरीको जलेश्वरमा भएको बैठकमा पनि सहकारी विषयमा सदनमा आवाज उठाउने रास्वपाले निर्णय गरेको थियो ।

सहकारी विवादमा मुछिएका सभापति रविको जवाफ 

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहकारीको विवादमा मुछिएका छन् । उनी र उनका पार्टनर जीबी राईले ग्यालेक्सी फोरके टेलिभिजन चलाउन भनी विभिन्न सहकारीबाट ११ करोड ७१ लाख लगानी गरेको कुरा बाहिर आएको छ । 

यसबारे बुधबारको बैठकमा रविले जवाफ  दिएका थिए । उनले आफूलाई सहकारीबाट रकम ल्याएर टिभी चलाएको विषय जीवी राईले थाहा नदिएको बताएका थिए । 

प्रकाशित मिति : ४ माघ २०८०, बिहीबार  ३ : ४७ बजे

कृष्ण थापाको निधनमा अध्यक्ष ओली : मेरा ४३ वर्ष देखिका साथीको निधनमा दुःखी छु

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रीय सदस्य

समानुपातिकको सांसद छान्न हर्क साम्पाङलाई तनाव, दिए पार्टीबाटै हटाउने चेतावनी

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले समानुपातिकतर्फको सांसदको

समानुपातिकतर्फ चार लाख ४५ हजार मत बदर

काठमाडौं- यही फागुन २१ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्ष

महावीर पुनको निर्वाचन खर्च २८ लाख ६८ हजार भन्दा बढी

म्याग्दी – नवनिर्वाचित सांसद महावीर पुनले आफ्नो निर्वाचन खर्चको विवरण

चुनावको खर्च विवरण ३५ दिनभित्रै सार्वजनिक गर्न आग्रह

काठमाडौँ – निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन प्रचारप्रसारमा भएको आम्दानी