मिसन ८४ पर्खिन नसक्ने स्थिति आउन सक्छ : ओली  | Khabarhub Khabarhub

मिसन ८४ पर्खिन नसक्ने स्थिति आउन सक्छ : ओली 


४ माघ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


360
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी ओलीले मिसन ८४ भनेर पर्खिन नसक्ने स्थिति आउन सक्ने बताएका छन् ।

बिहीबार एमाले मुख्यालयमा नेपाल खेलकुद महासंघको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले गठबन्धन सरकारका कारण मुलुक अप्ठेरो अवस्थामा पुगेको भन्दै मिसन ८४ भनेर पर्खिन नसक्ने स्थिति आउन सक्ने बताएका हुन् ।

अध्यक्ष ओलीले सरकार तरकारी बारीको बुख्याचा भएकाले केही गर्न नसक्ने बताए । यस्तै उनले एमालेविरोधीहरू एक्लै भिड्न नसक्ने अवस्थामा पुगेको पनि बताए । उनले विरोधीहरूले जुनसुकै बेलामा प्रहार गर्नसक्ने भएकाले त्यसका विरुद्ध आन्दोलनमा उत्रिन तयार रहन पनि निर्देशन दिए ।

उनले सरकार भ्रष्टाचार, तस्करी, कमिसनखोरीको आयोजक र संरक्षक बनेको तर्क गरे । अध्यक्ष ओलीले कोही सबैभन्दा बढी अनुशासनमा बस्ने व्यक्ति खेलाडी नै भएकाले खेलाडीबाट सबैले अनुशासनको पाठ सिक्नु पर्नेमा जोड दिए ।

ओलीले नेपाल खेलकुद महासंघका सदस्यहरूले जाजरकोट भूकम्प पीडितको उद्धार र पुनर्निर्माण महत्त्वपूर्ण भूमिका खेलेको भन्दै प्रशंसा गरे । राष्ट्रिय खेलकुद महासंघका सदस्य खेलाडी मात्र नभएर उनीहरूको सामाजिक र पारिवारिक जिम्मेवारी पनि भएकोले त्यसमा सचेत हुनु पर्ने उनले बताए ।

प्रकाशित मिति : ४ माघ २०८०, बिहीबार  ४ : ५५ बजे

कतारले अस्थायी रुपमा बन्द गर्‍यो आफ्नो हवाई क्षेत्र

काठमाडौं – इरान र अमेरिकाबीचको सैन्य तनाव चुलिँदै गइरहेका बेला

इरानद्वारा कतारस्थित अमेरिकी सैन्य बेसमाथि आक्रमण

काठमाडौं – इरानले कतारस्थित अमेरिकी सैन्य बेसमाथि हमला सुरू गरेको

शिक्षकसँग भएका सम्झौतालाई समावेश गरेर मात्र शिक्षा ऐन आउँछः मन्त्री पन्त

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले विभिन्न सरकारका

मन्त्रिपरिषद् बैठक : सशस्त्रका दुई डीआईजीको पदावधि थप्ने निर्णय

काठमाडौं – सरकारले सशस्त्र प्रहरी बलका दुई नायब महानिरीक्षक (डीआईजी)को

क्षेत्रगत कर्जा बिस्तारमा राष्ट्र बैंकको लचिलो नीति

काठमाडौं – क्षेत्रगत कर्जा विस्तारमा नेपाल राष्ट्र बैंकले लचिलो नीति