बिदा नबसेको भन्दै पाँच प्रहरीलाई सोधियो स्पष्टीकरण « Khabarhub

बिदा नबसेको भन्दै पाँच प्रहरीलाई सोधियो स्पष्टीकरण


४ माघ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


7.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नियम अनुसारको बिदा नबसेको भन्दै जिल्ला प्रहरी कार्यालय खोटाङले ५ जना प्रहरीलाई स्पष्टीकरण सोधेको छ ।

प्रहरी नियमावली २०७१ (संशोधन सहित ) मा व्यवस्था भएबमोजिम नियम अनुसारको उपभोग गर्न पाउने बिदा जानुपर्ने भएता पनि ६ महिनासम्म बिदा नलिएको भन्दै उनीहरुलाई स्पष्टीकरण सोधिएको हो ।

स्पष्टीकरण सोधिनेहरुमा प्रहरी सहायक हवल्दार सविन थक्लुङ लिम्बू, प्रहरी जवानहरू सागर राई, द्वारिका राई, अनिल परियार र रुपेश तामाङ रहेका छन् ।

स्पष्टीकरण पत्रमा भनिएके छ ‘६ महिनासम्म बिदा नजानुपर्ने कारण के हो ? बिदा लिई आफ्नो घरायसी समस्या समाधान गर्नुपर्छ भन्ने जानकारी छ वा छैन ? आफ्नो घर परिवारको रेखदेख गर्ने तपाईको कर्तव्यभित्र पर्छ भन्ने कुराको जानकारी छ वा छैन ? बिदा भुक्तान गरी सकेपश्चात नागरिकहरुमा मुस्कानसहितको गुणस्तरीय सेवा सुविधा दिनु पर्नेमा स्वयं आफ्नो समस्या नदर्साई कुनै किसिमको बिदा नगई आफैँमा उदासिनता बसेको देखिएका हुँदा यस कार्यालयको गम्भीर ध्यानाकर्षण भएको छ ।’ इन्सपेक्टर बेनु कार्कीले हस्ताक्षर गरेको स्पष्टीकरण पत्रमा उल्लेख छ ।

स्पष्टीकरणको २४ घण्टामा सन्तोषजनक जवाफ नआए प्रहरी नियमावलीबमोजिम कारबाही हुनेसमेत पत्रमा चेतावनी दिइएको छ ।

 

प्रकाशित मिति : ४ माघ २०८०, बिहीबार  ६ : १३ बजे

निर्धारित मितिमै निर्वाचन हुन्छ : अर्थमन्त्री खनाल

सिरहा– अर्थमन्त्री डा रामेश्वर खनालले आगामी फागुन २१ गते हुने

बालेनसँगको वार्तापछि रवि : मेरो अनुहार हेर्नुस्, केही समय प्रतिक्षा गर्नुस्

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर

विश्वविद्यालयलाई प्राज्ञिकस्थल बनाउन आवश्यक : प्रधानमन्त्री

काठमाडौ– प्रधानमन्त्री सुशीला कार्कीले विश्वविद्यालयलाई प्राज्ञिक बहसको थलो बनाउन सबै

बालेनको सक्रियताले वैकल्पिक शक्तिलाई मिल्न दबाब, यस्ता छन् जटिलता

काठमाडौं- पछिल्लो समय काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले वैकल्पिक शक्तिहरूसँग

उत्तर कोरियाको आणविक पनडुब्बीमा प्रगति

एजेन्सी – उत्तर कोरियाले आणविक–सञ्चालित पनडुब्बी निर्माणमा उल्लेखनीय प्रगति गरेको