इन्डोनेसियामा धान उत्पादन घट्यो, २० लाख टन चामल आयात गर्ने | Khabarhub Khabarhub

इन्डोनेसियामा धान उत्पादन घट्यो, २० लाख टन चामल आयात गर्ने


४ माघ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

जकार्ता – इन्डोनेसियाले यस वर्ष घरेलु आवश्यकता पूरा गर्न र एल निनोका कारण उत्पन्न बालीनालीको असरलाई रोक्न २० लाख टन चामल आयात गर्ने योजना बनाएको छ। उत्पादन घटेपछि इन्डोनेसियाले चामल आयत गर्न लागेको हो ।

तथ्याङ्क इन्डोनेसिया (बीपीएस)ले सन् २०२४ मा २८ लाख टन चामलको घाटा भोग्ने अनुमान गरेको छ।
राष्ट्रिय खाद्य एजेन्सीका प्रमुख आरिफ प्रसेत्योले बिहीबार जकार्ताको राष्ट्रपति भवनमा भएको भेटपछि पत्रकारहरूलाई यस बारे जानकारी गराइएको हो ।

सरकारले भियतनाम, थाइल्याण्ड र चीनबाट उक्त खाद्यान्न आयात गर्ने तयारी गरेको हो । योसँगै सरकारले अघिल्लो वर्षको पाँच लाख टनको बक्यौता आयात कोटा पनि पूरा गर्नेछ ।

उक्त परिमाणको चामल जनवरीको अन्त्य वा फेब्रुअरीमा देशमा आइपुग्ने बताइएको छ। उपवास महिनाको रूपमा परिचित मार्च र अप्रिल ईद अल–फित्र बिदामा, बढ्दो खाद्य आवश्यकताहरू पूरा गर्नु सो आयातको मुख्य उद्देश्य हुनेछ ।

प्रकाशित मिति : ४ माघ २०८०, बिहीबार  ८ : २९ बजे

भोजपुरमा मतदाता नामावली सङ्कलनमा उत्साहजनक सहभागिता

भोजपुर- आगामी फागुन २१ गते तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई

नलिनिकान्तका ‘हेरिटेज इन्डिया’ काठमाडौँमा प्रदर्शन

काठमाडौँ- भारतको गुजरात राज्यका अग्रज छविकार (४५ वर्षदेखि फोटोग्राफीमा सक्रिय)

जेन-जी आन्दोलनका घटनामा ३७५ जना पक्राउ

काठमाडौँ- भाद्र २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा

सशस्त्र प्रहरी अस्पतालमा नर्सिङ अध्ययन सुरु

काठमाडौँ- सशस्त्र प्रहरी बल नेपालले स्वास्थ्य उपचारको क्षेत्रमा दक्ष जनशक्ति

एमाले अध्यक्ष ओली र झलनाथ खनालबीच भेटवार्ता

भक्तपुर– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा(समाजवादी)का सम्मानित