घरेलु उद्योग महोत्सव तथा तेस्रो प्राङ्गारिक कृषि मेला हुँदै « Khabarhub

घरेलु उद्योग महोत्सव तथा तेस्रो प्राङ्गारिक कृषि मेला हुँदै


५ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– फागुनको अन्तिम साता ‘नेपाल १५ औं अन्तराष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव तथा तेस्रो प्राङगारिक कृषि मेला’ आयोजना हुने भएको छ ।

नेपाल घरेलु तथा साना उद्योग महासंघको आयोजनामा यही फागुन २३ गतेदेखि २७ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा सो मेला आयोजना गर्न लागिएको हो । मुलुकलाई समृद्ध बनाउने सरकारको लक्ष्य हासिल गर्न सघाउ पुर्‍याउने मूल उद्देश्यका साथ मेला आयोजना गर्न लागिएको महासंघका कार्यबहाक अध्यक्ष उमेशप्रसाद सिंहले जानकारी दिए ।

नेपाली वस्तुहरुको अन्तराष्ट्रिय बजारमा प्रवद्र्धन गर्ने उद्देश्यसहित महासंघले हरेक वर्ष सो मेला आयोजना गर्दै आएको छ । आइतबार महासंघले काठमाडौंमा पत्रकार सम्मेलन गरी मेलामा मुलुकभरका उद्यमीहरु, उद्यम सम्बन्धी प्रविधि प्रयोगकर्ताहरु, कृषि व्यवसायमा संलग्न उद्यमीहरु सहभागी हुने जानकारी पनि दिएको छ ।

भारत, चीन, पाकिस्तान, बंगलादेशलगायतका सार्क राष्ट्रहरुका उद्योगीहरु समेत सहभागी हुने मेलामा २ सय ५० वटा स्टल तथा २ लाख बढिले अवलोकन गर्ने अपेक्षा गरिएको छ । मेलामा १० करोडभन्दा बढिको आर्थिक कारोबार हुने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०७५, आइतबार  ४ : १७ बजे

 बजेटलाई जनता केन्द्रित बनाउन अर्थमन्त्रीलाई सुझाव

काठमाडौं– राष्ट्रियसभाका सदस्यहरूले आर्थिक वर्ष २०८३/८४को प्रस्तुत बजेटलाई जनता केन्द्रित

सातौँ वार्षिक प्रतिवेदन प्रदेश प्रमुखसमक्ष पेस

महेन्द्रनगर– मधेस प्रदेशका प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णसमक्ष मुस्लिम आयोगको सातौँ

लुम्बिनी प्रदेश प्रहरीद्वारा शान्ति, सुरक्षाका पक्षमा तीनदिने कार्यक्रम सार्वजनिक

सिद्धार्थनगर– लुम्बिनी प्रदेश प्रहरी कार्यालय, लुम्बिनीले आधुनिक सूचना प्रविधिको सदुपयोग

अध्ययन भिसा सिफारिस प्रकरणमा छानबिन गर्न समिति गठन

काठमाडौं– शिक्षा तथा खेलकुद मन्त्रालयले अध्ययन भिसा सिफारिसका विषयमा कर्मचारीको

अव्यवस्थित तार हटाउन ऊर्जा मन्त्रालयको अग्रसरता

काठमाडौं– काठमाडौँ उपत्यकाका केही स्थानबाट प्रयोगविहीन तार हटाउने कार्य अगाडि