प्रधानमन्त्री कप : कोशीले बलिङ रोज्दा बागमती ब्याटिङमा | Khabarhub Khabarhub

प्रधानमन्त्री कप : कोशीले बलिङ रोज्दा बागमती ब्याटिङमा


५ माघ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा बागमती प्रदेशसँग खेल्न लागेको कोशी प्रदेशले टस जितेको छ । टस जितेको कोशीले पहिला बलिङ रोजेपछि बागमतीले ब्याटिङको निम्ता पाएको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने खेलमा दुवै टोली जितका लागि खेल्नेछन् । चार खेल खेलेको कोशी जित विहीन छ । बागमती भने दुई खेलमा जित निकाल्दै शीर्ष चारको सम्भावना कायम राखेको छ ।

कोशी मधेशसँग ७ विकेट, एपीएफसँग ६ विकेट, पुलिससँग ७ विकेट र आर्मीसँग ९ विकेटले पराजित भएको थियो ।

बागमती भने पहिलो खेलमा पुलिससँग ६८ र दोस्रो खेलमा एपीएफसँग ८९ रनले पराजित भएपनि मधेशलाई ८६ रन र आर्मीलाई ३ विकेटले हराएको थियो ।

पछिल्ला खेलहरूमा बागमतीको सूर्य तामाङले घातक बलिङ गर्दै आएका छन् ।

प्रकाशित मिति : ५ माघ २०८०, शुक्रबार  ९ : २० बजे

गर्मीका कारण महोत्तरीका विद्यालय धमाधम बन्द

जलेश्वर– विगत एक सातादेखि अचानक गर्मी बढेपछि जिल्लाका अधिकांश विद्यालय

लेबनानको हिजबुल्लाहमा भएको इजरायली आक्रमणमा ४९२ जनाको मृत्यु

एजेन्सी– लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार सोमबार भएको इजरायली आक्रमणमा लेबनानमा

एनएमबी बैंकको बुद्ध भिसा कार्डबाट फ्लाइट टिकेट किन्दा विषेश छुट

काठमाडौं– एनएमबी बैंक लिमिटेड र बुद्ध एयरले एनएमबी बुद्ध भिसा

दुई महिनामा ६ अर्बभन्दा बढीका स्मार्टफोन भित्रिए 

काठमाडौं– चालु आर्थिक वर्ष २०८१-८२ को पहिलो दुई महिनामा ६

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका टोली अनुगमनमा सक्रिय

काठमाडौं– खाद्यप्रविधि तथा गुण नियन्त्रण विभागले खाद्य पदार्थको नियमित अनुगमन