हात्ती धपाउन स्थानीयवासीलाई साइरन « Khabarhub

हात्ती धपाउन स्थानीयवासीलाई साइरन


५ माघ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

झापा– दैनिकजसो गाउँ पसेर जंगली हात्तीले आतंक मच्चाउन थालेपछि शिवसताक्षी नगरपालिका–८ ले सो क्षेत्रका बासिन्दालाई हात्ती धपाउनका लागि साइरन वितरण गरेको छ । जंगली हात्तीले दैनिक गाउँ पसेर घर भत्काउने, अन्नबाली नष्ट गर्ने र मान्छेलाई आक्रमण गर्न थालेपछि वडाले हात्ती धपाउन साइरन वितरण गरेको हो । 

वडाध्यक्ष सन्त फेउदिनले राजमार्गको उत्तरतर्फबाट रतुवामाई वृक्षरोपण आयोजना हुँदै झिलझिले, डुँडामारी र धरमपुर चोकबाट गाउँ पसेर हात्तीले स्थानीयवासीको घर भत्काउने तथा अन्नबाली नष्ट गर्न थालेपछि बिहीबार १० थान साइरन वितरण गरिएको जानकारी दिए । उनले सो क्षेत्रमा धेरै जनधनको क्षति भएकाले हात्ती धपाउनका लागि साइरन वितरण गरिएको बताए।

‘साइरन बजेपछि हात्ती गाउँ प्रवेश गरेको स्थानीयवासीलाई जानकारी हुन्छ र सतर्कता अपनाउँछन्’, वडाध्यक्ष फेउदिनले भने, ‘साइरनको आवाजले हात्ती पनि भाग्छ ।’ उनले तत्काल जङ्गल छेउका नागरिकलाई साइरन वितरण गरिएको बताए। 

फेउदिनका अनुसार शिवसताक्षी नगरपालिकाको उत्तर क्षेत्रको जङ्गलमा हाल १० हात्ती छन् । उनले सो क्षेत्रका बासिन्दालाई साइरनसँगै आठ थान टर्चलाइटसमेत वितरण गरेको बताए। 

गएको दुई महिनादेखि शिवसताक्षीको वडा नं १, ८, ९, १० र ११ का जङ्गलसँग जोडिएका क्षेत्रमा हात्तीले आतंक मच्चाउँदै आएका छन् । हालसम्म शिवसताक्षीमा मात्र जंगली हात्तीको आक्रमणबाट दुई वर्षमा तीन जनाको ज्यान गइसकेको छ ।

प्रकाशित मिति : ५ माघ २०८०, शुक्रबार  १ : २१ बजे

युद्धविराम हुँदा पनि रोकिएन गाजामा नरसंहार, इजरायलले एकैदिन लियो २३ जनाको ज्यान

गाजा- इजरायलले गाजा पट्टीभरि गरेको आक्रमणमा बुधबार कम्तीमा २३ जना

पीडितमैत्री सेवा सुदृढ गर्न प्रहरी महानिरीक्षक कार्कीको निर्देशन

जानकी – नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले प्रहरीले प्रदान गर्ने

श्रमजीवी पत्रकार ऐन कार्यान्वयनमा प्रेस चौतारी नेपालको जोड

काठमाडौं– प्रेस चौतारी नेपालले आफ्नो २८औँ स्थापना दिवसका अवसरमा श्रमजीवी

सङ्खुवासभाको मकालुमा ट्याक्टरले किचेर मजदुरको मृत्यु

किमाथांका– सङ्खुवासभाको मकालु गाउँपालिका-५ मुढेमा ट्याक्टरले किचेर एक जना मजदुरको

अमेरिकी टेकबाट टाढिँदै ईयू

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सत्तामा फर्किनुअघिसम्म युरोपेली सङ्घ (ईयू) ले