हात्ती धपाउन स्थानीयवासीलाई साइरन | Khabarhub Khabarhub

हात्ती धपाउन स्थानीयवासीलाई साइरन


५ माघ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

झापा– दैनिकजसो गाउँ पसेर जंगली हात्तीले आतंक मच्चाउन थालेपछि शिवसताक्षी नगरपालिका–८ ले सो क्षेत्रका बासिन्दालाई हात्ती धपाउनका लागि साइरन वितरण गरेको छ । जंगली हात्तीले दैनिक गाउँ पसेर घर भत्काउने, अन्नबाली नष्ट गर्ने र मान्छेलाई आक्रमण गर्न थालेपछि वडाले हात्ती धपाउन साइरन वितरण गरेको हो । 

वडाध्यक्ष सन्त फेउदिनले राजमार्गको उत्तरतर्फबाट रतुवामाई वृक्षरोपण आयोजना हुँदै झिलझिले, डुँडामारी र धरमपुर चोकबाट गाउँ पसेर हात्तीले स्थानीयवासीको घर भत्काउने तथा अन्नबाली नष्ट गर्न थालेपछि बिहीबार १० थान साइरन वितरण गरिएको जानकारी दिए । उनले सो क्षेत्रमा धेरै जनधनको क्षति भएकाले हात्ती धपाउनका लागि साइरन वितरण गरिएको बताए।

‘साइरन बजेपछि हात्ती गाउँ प्रवेश गरेको स्थानीयवासीलाई जानकारी हुन्छ र सतर्कता अपनाउँछन्’, वडाध्यक्ष फेउदिनले भने, ‘साइरनको आवाजले हात्ती पनि भाग्छ ।’ उनले तत्काल जङ्गल छेउका नागरिकलाई साइरन वितरण गरिएको बताए। 

फेउदिनका अनुसार शिवसताक्षी नगरपालिकाको उत्तर क्षेत्रको जङ्गलमा हाल १० हात्ती छन् । उनले सो क्षेत्रका बासिन्दालाई साइरनसँगै आठ थान टर्चलाइटसमेत वितरण गरेको बताए। 

गएको दुई महिनादेखि शिवसताक्षीको वडा नं १, ८, ९, १० र ११ का जङ्गलसँग जोडिएका क्षेत्रमा हात्तीले आतंक मच्चाउँदै आएका छन् । हालसम्म शिवसताक्षीमा मात्र जंगली हात्तीको आक्रमणबाट दुई वर्षमा तीन जनाको ज्यान गइसकेको छ ।

प्रकाशित मिति : ५ माघ २०८०, शुक्रबार  १ : २१ बजे

खल्लागोठवासीका लागि नदी नै जीवन, नदी नै पीडा

कञ्चनपुर– गाउँ नजिकैको चुरे पर्वतमा सूर्य नउदाउँदै कृष्णपुर नगरपालिका–२ खल्लागोठका

यस्तो छ आजको सागसब्जी र फलफूलको मूल्य

काठमाडौं – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका

दव्ल्याङमा पहिरोले कालीगण्डकी करिडोर ठप्प

बलेवा– बागलुङ नगरपालिका–१० दव्ल्याङमा पहिरो खस्दा कालिगण्डकी करिडोर अवरुद्ध भएको

आजबाट जसपाको संघीय परिषद् बैठक

 काठमाडौं– अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीको संघीय परिषदको बैठक

गलेश्वर बजार सौन्दर्यीकरण : सडकमा ढुङ्गा बिछ्‌याउन थालियो

म्याग्दी– बेनी नगरपालिका–९ स्थित म्याग्दीको प्रमुख धार्मिक पर्यटकीयस्थल गलेश्वरको सौन्दर्यीकरणका