हत्या गरी फरार दुई जना १५ वर्षपछि पक्राउ  | Khabarhub Khabarhub

हत्या गरी फरार दुई जना १५ वर्षपछि पक्राउ 


५ माघ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


411
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बोक्सीको आरोपमा हत्या गरी फरार रहेका अभियुक्त १५ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नमा काभ्रेकाे शिखर आम्बोटे गाविस-३  घर भएका  ४४ वर्षीय टंक बहादुर मगर र ४२ वर्षीय सन्त बहादुर मगर रहेका प्रहरीले जनाएको छ ।

साबिक रोशि गाउँपालिका-३ स्थित चमार सिंह मगर भन्ने जनक बहादुर मगरलाई भतिज पर्ने दुवै मगरले बोक्सीको आरोप लगाई कुटपिट गरी हत्या गरेको आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले पुष २४ गते पक्राउ गरी मिति २५ गते सन्त बहादुर मगरलाई आवश्यक कारबाहीको लागी सम्मानित जिल्ला अदालत काठमाडौंमा बुझाएको थियो ।

टंक बहादुर मगरको स्वास्थ्यमा समस्या आएको कारणले उपचार पश्चात् शुक्रबार आवश्यक कानूनी कारबाहीको लागी जिल्ला अदालत काठमाडौंमा बुझाएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ५ माघ २०८०, शुक्रबार  २ : ०६ बजे

झापामा आगलागीमा परी घाइते भएका ओलीको उपचारका क्रममा मृत्यु

झापा – यही साउन ६ गते आगलागीमा परी घाइते भएका

खेतमा पानी लगाउँदा करेन्ट लागेर एक जनाको मृत्यु

सप्तरी – सप्तरीको खडक नगरपालिका(११ मा करेन्ट लागेर स्थानीय ५८

एनआरएनए अष्ट्रेलियाको अध्यक्षमा सन्तोष कुँवर सहित प्यानलै विजयी

काठमाडाैं – गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको अध्यक्षमा सन्तोष कुँवर

पशुपालनमा जलवायु परिवर्तनका असर

गण्डकी – गण्डकी प्रदेशमा जलवायु परिवर्तनका कारण पशुपालन क्षेत्रमा देखिएको

कथाकार वैरागीको ‘रित्तो हात’ लोकार्पित

काठमाडौं – कथाकार सुजन वैरागीको कथासङ्ग्रह ‘रित्तो हात’ लोकार्पण गरिएको