जापानविरुद्ध इराकको रोमाञ्चक जित | Khabarhub Khabarhub

जापानविरुद्ध इराकको रोमाञ्चक जित


५ माघ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं। इराकले जारी एशियन कपमा जापानमाथि रोमाञ्चक जित हासिल गरेको छ । शुक्रबार सम्पन्न समुह डी अन्तर्गतको खेलमा इराकले जापानलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

फिफा वरियतामा ६३औं स्थानमा रहेको इराकले हाल १७औं स्थानमा रहेको जापानलाई स्तब्ध बनाएको छ । इराकको जितमा आइमेन हुसैनले दुवै गोल गरेका थिए भने जापानका लागि खेलको ९३औं मिनेटमा वाटारु एन्डोले एक गोल फर्काएका थिए ।

यो जारी प्रतियोगितामा इराकको लगातार दोस्रो जित हो । समुह डीमा २ खेलमा ६ अंक हासिल गरेको इराक शिर्ष स्थानमा रहेको छ । त्यस्तै जापानको भने २ खेलमा ३ अंक रहेको छ ।

अब समुह चरणको अन्तिम खेलमा जापानले आगामी बुधबार इन्डोनेसियाको सामना गर्ने छ भने इराकले भियतनामको सामना गर्ने छ ।

प्रकाशित मिति : ५ माघ २०८०, शुक्रबार  ८ : १४ बजे

माधव नेपाललाई रामकुमारीले भनिन् : आफ्नै बेइज्जती हुने कारबाही त नगरेको भए पनि हुने

काठमाडौं- चार वर्ष लामो यात्रापछि नेकपा (एकीकृत समाजवादी) छाडेर नेकपा

चितवन धान उत्पादन बढ्यो

चितवन– जिल्लामा यस वर्ष धान उत्पादन वृद्धि भएको छ ।

चितवनमा रास्वपाको विस्तारित बैठक सुरु

काठमाडौं–  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको विस्तारित बैठक चितवनमा

जर्मनीका राजदुतले भेटे स्वास्थ्यमन्त्री : जेनेरिक औषधिको गुणस्तरीय उत्पादनबारे छलफल  

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्री डा.सुधा शर्मा गौतम र नेपालका

तोलामा ६ सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं–  स्थानीय बजारमा शुक्रबार सुनको मूल्य केही बढेको छ ।