भारतमा लगानी गर्ने टेस्लाको इच्छा « Khabarhub

भारतमा लगानी गर्ने टेस्लाको इच्छा


५ माघ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली- पछिल्लो समय अमेरिकी विद्युतीय कार निर्माता कम्पनी टेस्लाले भारतीय बजारमा लगानी गर्ने इच्छा देखाएको छ ।

भारतमा लगानी गर्ने विषयमा गत वर्ष भएको वार्ता असफल भएपनि हालै टेस्ला र भारत सरकारले यसबारे थप छलफल सुरु गरेका छन् । सन् २०२६ सम्म भारतमै विद्युतीय सवारीको उत्पादन सुरु गर्ने टेस्लाको लक्ष्य छ ।

अमेरिका–भारत रणनीतिक सहकार्य मञ्चका अध्यक्ष मुकेश अघि भारतमा टेस्ला उत्पादन कारखानाको स्थापना हुनु दुबै पक्षको हितमा रहेको बताउँछन् । उनका अनुसार यससँगै टेस्लाले भारतमा १ अर्ब ४० करोड सम्भावित ग्राहकको पहुँच पाउनेछ भने भारतले पनि स्वेदशमै चिप उत्पादन गरी आत्मनिर्भर बन्न सक्छ ।

फाइनान्सियल पोस्टका अनुसार त्यसअघि गत जुलाई महिनामा टेस्लाले भारतमै विद्युतीय सवारी उत्पादन गर्नेबारे विचार गरिरहेको समाचार सार्वजनिक भएको थियो । टेस्लाले हिन्द प्रशान्त क्षेत्रमा विद्युतीय कार निर्यात गर्नका लागि पनि भारतमा नै उत्पादन गर्न चाहेको बताइएको छ ।

प्रकाशित मिति : ५ माघ २०८०, शुक्रबार  १२ : ३९ बजे

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

शनिबार शनिदेवको पूजा गर्नुहोस्

आज २०८३ साल असोज १० गते शनिबार । सन् २०२६

आज २०८३ साल असोज १० गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १० गते शनिबार सन् २०२६

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५

प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

गण्डकी – निरन्तरको वर्षाका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थबाट हुने आन्तरिक