भारतमा लगानी गर्ने टेस्लाको इच्छा « Khabarhub

भारतमा लगानी गर्ने टेस्लाको इच्छा


५ माघ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली- पछिल्लो समय अमेरिकी विद्युतीय कार निर्माता कम्पनी टेस्लाले भारतीय बजारमा लगानी गर्ने इच्छा देखाएको छ ।

भारतमा लगानी गर्ने विषयमा गत वर्ष भएको वार्ता असफल भएपनि हालै टेस्ला र भारत सरकारले यसबारे थप छलफल सुरु गरेका छन् । सन् २०२६ सम्म भारतमै विद्युतीय सवारीको उत्पादन सुरु गर्ने टेस्लाको लक्ष्य छ ।

अमेरिका–भारत रणनीतिक सहकार्य मञ्चका अध्यक्ष मुकेश अघि भारतमा टेस्ला उत्पादन कारखानाको स्थापना हुनु दुबै पक्षको हितमा रहेको बताउँछन् । उनका अनुसार यससँगै टेस्लाले भारतमा १ अर्ब ४० करोड सम्भावित ग्राहकको पहुँच पाउनेछ भने भारतले पनि स्वेदशमै चिप उत्पादन गरी आत्मनिर्भर बन्न सक्छ ।

फाइनान्सियल पोस्टका अनुसार त्यसअघि गत जुलाई महिनामा टेस्लाले भारतमै विद्युतीय सवारी उत्पादन गर्नेबारे विचार गरिरहेको समाचार सार्वजनिक भएको थियो । टेस्लाले हिन्द प्रशान्त क्षेत्रमा विद्युतीय कार निर्यात गर्नका लागि पनि भारतमा नै उत्पादन गर्न चाहेको बताइएको छ ।

प्रकाशित मिति : ५ माघ २०८०, शुक्रबार  १२ : ३९ बजे

‘सतिसाले गोल्डकप’को उपाधि इन्ट्रा पथरी–११ लाई

मोरङ– दोस्रो ‘सतिसाले गोल्डकप’ फुटबल प्रतियोगिताको उपाधि इन्ट्रा पथरी–११ ले

शीतलहरबाट सिरहामा जनजीवन प्रभावित

सिरहा– शीतलहरका कारण सिरहामा जनजीवन प्रभावित भएको छ । चिसो

पत्रकार सम्मेलन गरेर सय दिनको प्रगति सार्वजनिक गर्दै मन्त्री घिसिङ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात

बंगलादेशको अस्थिर राजनीति नेपाल सर्दै, रोकिएन सडकको गर्जन

काठमाडौं – न्युयोर्क टाइम्सले सन् २०२१ देखि जेन–जी शब्दको प्रयोग

धुलिखेल–खावा सडकको काम धमाधम (तस्बिरहरू)

काठमाडौं– अरनिको राजमार्ग अन्तर्गत धुलिखेल–खावा सडक खण्डको रोकिएको स्तरोन्नति पुनः