भारतमा वार्षिक १ खर्ब डलर प्रत्यक्ष विदेशी लगानी आउने अपेक्षा | Khabarhub Khabarhub

भारतमा वार्षिक १ खर्ब डलर प्रत्यक्ष विदेशी लगानी आउने अपेक्षा


५ माघ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली- भारतमा आगामी केही वर्षमै वार्षिक १ खर्ब डलर प्रत्यक्ष विदेशी लगानी आउने त्यहाँका सूचना प्रविधिमन्त्रीले जनाएका छन् । अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार आगामी दशक भारतको आर्थिक वृद्धिदर ६ देखि ८ प्रतिशत पुग्ने आँकलनबीच मन्त्री अश्विनी वैष्णवले अबको केही वर्षभित्र १ खर्ब डलर बराबरको वार्षिक प्रत्यक्ष विदेशी लगानी भित्रिने बताएका हुन् ।

स्विट्जरल्याण्डको डाभोसमा चलिरहेको विश्व आर्थिक मञ्चमा रोयटर्ससँगको कुराकानीमा मन्त्री वैष्णवले सरकारको स्पष्ट रणनीतिअनुसार नै यस्तो लक्ष्य लिइएको बताए । उनले पूर्वाधारमा लगानी, जनसङ्ख्याको तल्लो तहमा रहेका मानिसहरुलाई माथि उठाउने प्रयास, उत्पादनमा वृद्धि र भारतमा व्यवसाय गर्न थप सहज वातावरण बनाउनेतर्फ सरकारले ध्यान दिइरहेको पनि बताए ।

सन् २०१४ मा नरेन्द्र मोदी प्रधानमन्त्री बनेयता भारतमा प्रत्यक्ष विदेशी लगानी बढेर गएको छ । पछिल्लो समय सामसुङ, एप्पल, किया, एअरबसजस्ता बहुराष्ट्रिय कम्पनीले भारतमा लगानी बढाइरहेका छन् ।

चालु आर्थिक वर्षको पहिलो ६ महिनामा भारतमा ३३ अर्ब भारतीय रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानीका रुपमा भित्रिएको रोयटर्सले जनाएको छ ।

प्रकाशित मिति : ५ माघ २०८०, शुक्रबार  २ : ४८ बजे

दार्चुलाका ३३ वडामा अनलाइनबाटै नागरिकता सिफारिस सुरु

दार्चुला– यहाँका नौ स्थानीय तहका ३३ वडाले अनलाइन प्रणालीमार्फत नागरिकताको

छुट्टाछुट्टै दुर्घटनामा २५ जना घाइते 

दमौली – छुट्टाछुट्टै दुर्घटनामा २५ जना घाइते भएका छन् ।

ट्रम्पद्वारा क्यानाडासँगको सबै व्यापार वार्ता समाप्त

एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार क्यानाडासँग चलिरहेका सबै

अस्ट्रेलियासँग भारतको लज्जास्पद हार : कोहली दुवै खेलमा फ्लप, गिल पनि कप्तानीमा असफल

नयाँदिल्ली- अस्ट्रेलिया भ्रमणमा पुगेको भारतीय टोलीले वान डे सिरिज गुमाइसकेको

जहाजबाट हेर्दा हाँसिरहेका हिमशृङ्खला (तस्बिरहरू)  

काठमाडौं– सफा मौसममा काठमाडौंदेखि धनगढीको यात्रा गर्नु भनेको केवल बाटो