बिजुली र इन्धन बिना पानी तान्ने पम्प सञ्चालनमा, मन्त्री मगरबाट निरीक्षण « Khabarhub

बिजुली र इन्धन बिना पानी तान्ने पम्प सञ्चालनमा, मन्त्री मगरबाट निरीक्षण


१६ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– खानेपानीमन्त्री बिना मगरले बिजुली र पेट्रोलियम पदार्थको प्रयोग नगरी खोलानाला नदीको पानी तानेर सिँचाइ तथा खानेपानीका लागि प्रयोग गर्न सकिने प्रविधिको निरीक्षण गरेकी छन् ।

ललितपुरको गोदावरी नगरपालिकाअन्तर्गत ठैब र गोदावरीस्थित सञ्चालनमा ल्याइएको उक्त प्रविधिको मन्त्री मगरले निरीक्षण गरेकी हुन् । नेशनल एग्रिकल्चर एण्ड फरेष्ट्री प्रालिले पम्पको माध्यमबाट बिना बिजुली र इन्धन पानी तान्ने प्रविधि नेपालमा भित्र्याएको छ ।

कम्पनीका प्रबन्ध निर्देशक गौतम महर्जनले यस्तो प्रविधि नेदरल्याण्डबाट आयात गरिएको जानकारी दिए । नेपालका विभिन्न पहाडी इलाकामा यस प्रविधिको माध्यमबाट पानी तानेर गाउँबस्तीमा सिँचाइ र पिउनका लागि सहज बनाइएको प्रबन्ध निर्देशक महर्जनले बताए । कम्पनीले वर्षा र पापा पम्प नामकरण गरी प्रविधिको प्रयोग गरिरहेको छ ।

‘यो पम्पबाट पानी तान्न बिजुली र डिजेल चाहिँदैन । यो पानीको प्रेसरबाट नै चल्ने पम्प हो’, महर्जनले भने, ‘विशेष गरी पहाडी क्षेत्रमा तल खोलाबाट पानी तानेर माथि गाउँबस्तीमा पुर्‍याउन यो प्रविधि निकै सहयोगी हुने गर्दछ । वर्षामा पम्पले बिना बिजुली र इन्धन बगेको पानीको प्रवाहबाट पम्पलाई घुमाइ नदी, खोला वा नहरको पानीलाई २० मिटर ठाडो र दुई किलोमिटर दूरीमा फाल्ने काम गर्छ ।’

पापा पम्पबाट पहाडतिर घट्ट चलाएजस्तो पम्प चलाएर ५० मिटरदेखि १५० मिटर ठाडो उचाइमा पानी तान्न सकिने महर्जनले जानकारी दिए । यस पम्पबाट पानी तानेर सिँचाइ र माछापालन गर्न सकिने उनको भनाइ छ । महर्जनले यो सबैभन्दा सस्तो प्रविधि भएको दाबी गरे ।

अवलोकनपछि मन्त्री मगरले यस किसिमको प्रविधि नेपालको हरेक गाउँ बस्तीमा निकै उपयोगी हुने बताइन् । यस किसिमको नयाँनयाँ प्रविधिको प्रवद्र्धनमा सरकारले सहयोग गर्ने उनको भनाइ थियो ।

सो अवसरमा मन्त्री मगरसँगै खानेपानी विभागका महानिर्देशक सुनिलकुमार दास र ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समितिका कार्यकारी निर्देशक लिलाप्रसाद ढकाल पनि सहभागी थिए ।

प्रकाशित मिति : १६ श्रावण २०७६, बिहीबार  ७ : ५१ बजे

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र

केपी ओलीलाई ईश्वर पोखरेलको चेतावनी : पार्टीमा कसैलाई काखा, कसैलाई पाखा नगरियोस्

काठमाडौँ – नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टीमा कसैलाई काखा

यसरी हुँदैछ नेपाल आउने पर्यटकमाथि निगरानी

काठमाडौँ- अध्यागमन विभागले यही पुस १७ गतेदेखि काठमाडौँका तारे होटलहरूमा

हर्क साम्पाङले गरे उपाध्यक्ष मित्र परियारलाई निलम्बन

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अनुशासन उल्लङ्घन

एमालेको मुख्य ध्याय प्रतिनिधि सभा पुनर्स्थापना हो, चाँडै यो सरकार ढल्छ

काठमाडौं । नेकपा एमालेको पदाधिकारीमा निर्वाचित एकमात्र महिला पद्मा अर्याल