क्रिस्टल प्यालेसविरुद्ध आर्सनलले उत्कृष्ट जित | Khabarhub Khabarhub

क्रिस्टल प्यालेसविरुद्ध आर्सनलले उत्कृष्ट जित


६ माघ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


279
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इंग्लिस प्रिमियर लिगमा क्रिस्टल प्यालेसविरुद्ध आर्सनलले उत्कृष्ट जित निकालेको छ । शनिबार भएको खेलमा आर्सनलले क्रिस्टल प्यालेसविरुद्ध ५–० को फराकिलो जित निकालेको हो ।

घरेलु मैदानमा भएको खेलमा आर्सनलका लागि गाब्रिएल मार्टिनेलीले दुई, गाब्रिएल माघालेस र लियान्ड्रो ट्रोसार्डले एक एक गोल गरे । क्रिस्टल प्यालेसले एक आत्मघाती गोल गरेको थियो ।

आर्सनलले गाब्रिएलको गोलमा खेलको ११ औं मिनेटमा अग्रता लिएको थियो । ५९ औं मिनेटमा ट्रोसार्डले गरे । त्यस्तै इन्ज्युरी समयको चौथो र पाँचौं मिनेटमा मार्टिनेलीले गोल गरेका थिए । खेलको ३७औं मिनेटमा क्रिस्टलका डिन हेन्डरसनले आत्मघाती गोल गरेका थिए ।

जितसँगै २१ खेलमा ४३ अंक जोडेको आर्सनल अंकतालिकाको तेस्रो स्थानमा छ । भने क्रिस्टल प्यालेस २१ अंकका साथ १४ औं स्थानमा छ ।

प्रकाशित मिति : ६ माघ २०८०, शनिबार  ८ : ५७ बजे

शिक्षक महासंघका अध्यक्ष भन्छन्- ‘भिजिलान्ते’ खटाएर सरकार दमनमा उत्रियो, ऐन नआएसम्म मैदान छाड्दैनौँ

काठमाडौं- नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले विद्यालय शिक्षा ऐन

प्रधानमन्त्रीबाटै शिक्षकप्रति दमनको भाषा बोल्ने काम भयो : वर्षमान 

काठमाडौं– नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं सांसद वर्षमान पुन अनन्तले जारी

वर्गीकरण थालेपछी बञ्चरेडाँडा लगिने फोहर घट्यो

काठमाडौं– काठमाडौँ महानगरपालिकाले वर्गीकरण गरेर फोहर व्यवस्थापन गर्न थालेपछी अन्तिम

स्वास्थ्य सहायतालाई एकीकृत गरेर व्यवस्थापन गर्छौँ : स्वास्थ्यमन्त्री

काठमाडौं– स्वास्थ्यमन्त्री प्रदीप पौडेलले स्वास्थ्य सहायता तथा राहत कार्यक्रमलाई एकीकृत

शिक्षकको आन्दोलनमा पुगेका माधव नेपालसहित नेताविरुद्ध उल्टै नाराबाजी

काठमाडौं- विगत २७ दिनदेखि काठमाडौंमा जारी शिक्षक आन्दोलनमा सोमबार केही